काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र चिनियाँ विदेश विभाग प्रमुख प्रमुख सोङ ताओले आज बिहान भेटवार्ता गरेका छन्।
राजधानीस्थित होटल मेरियटमा भएको भेटमा दुवै देशका कम्युनिस्ट पार्टीका गतिविधिबारे कुराकानी भएका थियो।
प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावले नेपालमा राम्रो प्रभाव परेको बताए।
उनले दुई कम्युनिस्ट पार्टीबीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बताए। उनले भने– 'नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिस्टको सहयोग आगामी दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु।’
विदेश विभाग प्रमुख ताओले दुवै पार्टीका अनुभव साटासाट गर्ने कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका थिए। कम्युनिस्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्नेमा उनको जोड थियो। ‘देशको आर्थिक विकास मुख्य कुरा हो', ताओको भनाई थियो, 'विकास गरेर नै जनताको मन जित्न सकिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।