बलिउड फिल्म इण्डस्ट्रीमा कतिपय फिल्म यस्ता बनेका छन् कि जसमा एकल कलाकारले मात्र स्क्रिप्टको मागलाई पूरा गर्न सक्दैनन्। यस्तो अवस्थामा फिल्ममा एक भन्दा बढी लिड भूमिकामा रहेका एक्टर कास्ट गरिएको छ।
हाल प्राय: कलाकारहरूले मल्टीस्टारर फिल्महरू गर्न छाडिरहेका छन्। तापनि विगतमा बलिउडका महानायक अमिताभ बच्चन वा अभिनेता अक्षय कुमारको कुरा गरौं, उनीहरू कहिल्यै पनि मल्टीस्टारर वा सेकेण्ड लिड भूमिकाको साथ काम गर्न कहिल्यै हिचकिचाएनन्।
अमिताभकै प्राय: सुरुवाती फिल्म यस्ता छन् कि जसमा उनी शशि कपूर, सञ्जीव कुमार, शत्रुघन सिन्हा र विनोद ख्नना जस्ता कलाकारको साथमा देखिन्थे।
बलिउड इण्डस्ट्रीमा संयोगले वा संयोग विना पनि पुरुष कलाकारको यस्तो जोडी बन्यो जसले ठूला पर्दाहरूमा निकै वाहवाही पायो। केही सुपरहिट जोडिका बारेमा चर्चा गरौं-
अक्षय कुमार-सुनील शेट्टी
बलिउड इण्डस्ट्रीमा अक्षय कुमार र सुनिल शेट्टीको जोडी जब सिल्भर स्क्रिनमा आउँथ्यो,अनि दर्शक हाँस्दा हाँस्दा कायल हुन्थे। दुई अभिनेताले 'फिर हिरा फिर', 'दिवाने हुए पागल, पागल', 'मोहरा', 'आन' र 'धड्कन' जस्ता फिल्ममा सँगै काम गरेका छन्।

दुवैले सँगै काम गरेका प्राय: फिल्ममा उनीहरूको जोडी र अभिनय धेरैले तारिफ गरे।
अमिताभ बच्चन-शशि कपूर
अमिताभ बच्चन र शशि कपूरको जोडी सिल्वर स्क्रिनमा सधैंभरि फेभरेट जोडी हो। दुवै स्टारले साथमा निकै एक्सन फिल्ममा काम गरेका छन् भने कमेडी फिल्ममा निकै दर्शकलाई हँसाएका छन्।

दुवै फिल्ममा सँगै देखापर्दा उनीहरूको केमेस्ट्री निकै जम्थ्यो। यी दुई स्टारले साथमा सुहाग, दिवार, सिलसिला, नमक र त्रिशुल जस्ता फिल्ममा काम गरेका छन्।
अमिताभ-विनोद खन्ना

अमिताभको वोद खन्नासँगको जोडी पनि निकै समयसम्म चम्क्यो। यो जोडी निकै सुपरहिट थियो। ७०को दशकमा यदि कोही अमिताभको अगाडि उभिएर जबरजस्त डाइलग मार्थ्यो भने त्यो विनोद खन्नानै हुन्थ्यो।
यी दुईले परवरिश, रेशमा र मुकद्दर का सिकंदर, हेरा फेरी र अमर अखबर एन्टोनी जस्ता फिल्ममा सँगै काम गरेका छन्।
शाहरुख-सलमान खान
शाहरुख र सलमानको जोडी ठूलो पर्दामा धेरै पटक त देखिएको छैन तर यी दुई जोडी जब सँगै खेलेका छन् उनीहरूको फिल्मलाई दर्शकले धेरै रुचाएका छन्।

यी दुई स्टारले करण अर्जुन, दुश्मन दुनिया का, कुछ कुछ होता है र हम तुम्हारे है सनम जस्ता फिल्ममा सँगै काम गरेका छन्।
नसिरुद्दीन शाह-ओम पुरी
बलिउड सिनेमामा नसिरुद्दीन शाह र ओम पुरीको जोडीले निकै राम्रा फिल्ममा सँगै काम गरेका छन्। उनीहरूबीच फिल्मको पर्दामा मात्र हैन वास्तविक जीवनमा समेत उतिकै नजिकको सम्बन्ध थियो।

यी दुवैले अर्ध सत्या, मकबूल, स्पर्श, मण्डी, जाने भी दो यारों र आक्रोशजस्ता फिल्ममा सँगै काम गरेका छन्।
जैकी श्रॉफ-अनिल कपूर

जैकी श्रॉफ र अनिल कपूरको जोडी फिल्म इण्डस्ट्रीमा बिन्दास जोडीको रुपमा चिनिन्छ। यी दुवैले कर्मा, 1942 अ लव स्टोरी, कभी ना कभी, परिन्दा र राम लखनजस्ता फिल्ममा एकसाथ काम गरेका छन्।
(बलिउड सञ्चारमाध्यमबाट नेपालीमा भावानुवाद)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।