काठमाडौं- नेपालका चर्चित नायक राजेश हमालप्रति समर्पित ‘ट्रिब्यूट टु मेगा स्टार’ कार्यक्रम असोज १२ गते होटल सोल्टी क्राउन प्लाजामा हुने भएको छ।
संगीत तथा नृत्य विद्यालय साधना कला केन्द्र र लाइब नेपालको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रम नेपालमै पहिलो पटक हुन लागेको हो।
हमालद्वारा अभिनित विभिन्न चलचित्रका गीतहरू कार्यक्रममा रुपमा प्रस्तुत गरिने छ। भारतकी सुप्रसिद्ध गायिका साधना सरगम सोही कार्यक्रमका निम्ति पहिलो पटक नेपाल आउने आयोजकले बताएको छ।
साथै अर्का भारतीय गायक ईन्द्रजित मिजारसमेत कार्यक्रमका लागि नेपाल आउँदैछन्। कार्यक्रममा नेपालका प्रसिद्ध गायक गायिकाहरू प्रकाश श्रेष्ठ, उमेश पाण्डे, आनन्द कार्की, यम बराल, निशान भट्टराई, रामा मण्डल, सुरज कुमार थापा, विश्व नेपाली, संजय तुम्रोक, रुपक डोटेल, सुरेश लामा, बुद्ध लामा, रवि ओड, प्रताप दास, कोमल ओली, देविका बन्दना, रमना श्रेष्ठ, प्राश्ना शाक्य, बानिका प्रधान, मीना निरौला, एनी श्रेष्ठ, गायत्री त्रिपाठी, शिला बिष्ट र हास्य कलाकार सन्दीप क्षेत्री लगायतको प्रस्तुति समेत रहने छ।
उक्त कार्यक्रममा नायक हमाललाई विभिन्न सरकारी तथा प्रतिष्ठित प्राइभेट संघ संस्थाहरूले एकै साथ सम्मान गर्ने कार्यक्रम प्रमुख मिलन मोक्तानले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।