काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नागपोखरीस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका हुन्।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको उपस्थितिमा हस्ताक्षर भएको हो।
यसअघि एमाले र माओवादीबीच छुट्टाछुट्टै रुपमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहँदै आएको थियो। हस्ताक्षरपछि नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच औपचारिक सम्बन्धको सुरुवात भएको छ।
समझदारीपत्रमा हस्ताक्षरपछि दुई पार्टीबीच भाइचारा सम्बन्ध कायम हुने उल्लेख छ।
यसले दुई पक्षीय भ्रमण, विचार, अध्ययनहरुको साथसाथै अन्य आपसी सहयोग/सहकार्यका लागि सहयोगी हुने नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताए। फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।