काठमाडौं- सामाजिक सञ्जालमा भाइरल बनेकी रानू मण्डल रातारात स्टार बनिन्। रानूले पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा लता मंगेशकरको गीत 'एक प्यारका नगमा है' गाएको गीत भाइरल भएको थियो। यही भिडियोका कारण रानू अचानक फेमस बनिन्।
रानूको आवाजबाट प्रभावित भएका गायक हिमेशले आफ्नो आउनेवाल फिल्म 'हेप्पी हार्डी एण्ड हिर'मा गाउने मौकासमेत दिए।
यसको केही समयपछि बलिउड सुपरस्टार सलमान खानले रानूको ५५ लाखको फ्ल्याट गिफ्ट दिएको हल्ला चल्यो। सलमानले रानूलाई आफ्नो फिल्म 'दबङ ३'मा मौका दिएको कुरा समेत चर्चामा आयो। यद्यपि, सलमानले यी सबै कुरालाई झुट भएको बताएका छन्।
सलमानले एक बलिउड सञ्चारमाध्यमलाई यो खबर झुट भएको बताए। 'यो खबर झुट हो। मैले पनि यो कुरा सुनेँ। जब मैले केही गरेकै छैन त यसको क्रेडिट लिन सक्दिनँ। मैले यस्तो केही गरेको छैन,' सलमानले भनेका छन्।
सलमान 'दबङ ३'मा मुख्य भूमिकामा देखा पर्दैछन्। यस फिल्मको निर्देशन प्रभु देवाले गर्दैछन्। सलमान यस फिल्ममा चुलबुल पाण्डेको भूमिका निभाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।