काठमाडौं- क्षितिज सापकोटाको नयाँ गीत बजारमा आएको छ। आधुनिक जनरामा तयार गीत ‘नसोध कोही’मा शब्द, संगीत तथा स्वरसमेत सापकोटाकै छ।
गीतमा संगीत संयोजन दीपक विश्वकर्माले गरेका छन्।
जिन्दगीभर साथ दिने वाचा गरेकी प्रियसीले छोड्दा दुर्घटना परि शारीरिक रुपमा असक्त व्यक्तिमा उत्पन्न मनोभावलाई गीतमा उतारिएको छ।
भिडियोमा चिरञ्जीवि अधिकारी र पूर्णिमा थामी फिचर्ड छन्। गीतको म्युजिक भिडियो मदन खड्काले निर्देशन गरेका हुन्।
गीतमा अनिल रानाको सम्पादन तथा वीरेन्द्र भट्टको सिनेम्याटोग्राफी छ।
सापकोटाको यसअघि किराना पसल-१, किराना पसल-२, माखे सांग्लोलगायत गीत सार्वजनिक भएका छन्।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।