काठमाडौं– ब्लकबस्टर फिल्म ‘छक्कापन्जा’को दोश्रो संस्करण ‘छक्कापन्जा–२’ युट्युबमा सार्वजनिक गरेको छ। रिलिज भएको करिब दुई वर्ष पुग्दा फिल्मको डिजिटल अधिकार लिएको कम्पनी हाइलाइट्स नेपालले फिल्म युट्युबमा सार्वजनिक गरेको हो।
दिपाश्री निरौलाले निर्देशन गरेको यो फिल्ममा युवायुवतीको अष्ट्रेलिया मोहको कथा व्यंग्यात्मक ढंगले पस्केको थियो। फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहाडी, स्वस्तिमा खड्का, शिवहरी पौडेल, राजाराम पौडेल, किरण केसी लगायत कलाकारको अभिनय छ।
विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्मको पटकथा अभिनेता गिरी स्वयम्ले तयार पारेका थिए। यो फिल्मले हलमा राम्रो व्यापार गरेको थियो। निर्माण युनिटको दाबी अनुसार करिब १५ करोड व्यापार गरेको थियो।
फिल्मले हलमा दर्शक पाएपनि समीक्षाचाँही राम्रो बटुलेको थिएन। समीक्षक महेश भण्डारीले यो फिल्मबारे समीक्षा गर्दा लेखेका थिए, ‘सस्तो मनोजरन्जन के हो भनेर भोलिको पुस्ताले सोेध्यो भने उत्तर दिनका लागि राम्रो उदाहरण बनेको छ, छक्कापन्जा २। मनोरन्जन दिने बाहनामा छक्कापन्जाले जे पनि गरेको छ, मानौँ एउटा बच्चा आफ्नो साथीसँग चोर पुलिस खेल्छ, चोर पात्र बनेको साथीलाई गोली लागेर लडेको देख्दा अन्य साथीहरु मज्जाले हाँस्छन्। नक्कली बन्दुकमा त मज्जाले हाँस्दा रैछन् भनेर साँच्चैको बन्दुक पड्काइयो भने अब के होलारु त्यो अभिनय नभएर अपराध हुन्छ। छक्कापन्जाले गरेको त्यही हो।’
हेरौं फिल्म :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।