काठमाडौं- चलचित्र ‘काले दाइ’को नयाँ गीत ‘यो दुनियाँ मेरो लागि’ सार्वजनिक भएको छ।
इन्द्र रामजाली र गोविन्द श्रेष्ठको शब्द रहेको गीतमा गायक सुरज थापाले स्वर दिएका छन् भने पवनवाङ लामाले संगीत दिएका छन्। जातीय विभेदमा आधारित रहेर बनाइएको फिल्म ‘काले दाइ’ दसैंको अवसर पारेर १७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउनेछ।
फिल्ममा इन्द्र रामजाली, अनू पराजुली, शिशिर भण्डारी, सुरेन्द्र केसी, गीता अधिकारी, सारिका अधिकारी, रामचन्द्र अधिकारी, शिव हरि बैरागी, उत्तम केसी लगायतका कलाकारले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।