प्यूठान- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता पौडेलले सवै पार्टीको सहमतिमा बनेको नागरिकता ऐनलाई कायम राख्नुपर्ने बताएका छन्। फेर्ने नहुने कांग्रेसको धारणा रहेको पनि बताए। संसदको राज्य व्यवस्था समितिमा कांग्रेसका सांसदले राखेको फरक मतको पक्षमा उनको धारणा दोहोरिएको हो।
प्यूठानमा आयोजित कार्यक्रममा नेता पौडेलले दुई तिहाईको दम्भ बोकेको सरकारको छायांमा मुलुकको न्यायपालिका र संवैधानिक निकायहलाई आरोप लगाए। सत्तारुढ दलले संवैधानिक निकायलाई तर्साएर ठुला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको आरोप लगाए।
ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको आरोप लगाउँदै भने,‘ठूला ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको छ । विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिने काम भएको छ । ठूला आयोजना ठूला मान्छे मिलेर मात्र ठेक्का भएका छन्।’ पौडेलले मुलुक सत्ता र पैसाको दुष्चक्रमा फस्न लागेको भन्दै चिन्ता व्यक्त गरे ।
कम्युनिष्टहरु चिल्ला कुरा गरेर जनता क्षणिक प्रभावमा परेको उनको भनाइ थियो। उनले भने–‘कम्युनिष्टहरु झुटा कुरा गर्न सिपालु छन् । मजदुर हिमायती भन्ने सत्तामा पुग्ने अनि मजदुर माथि नै प्रतिबन्ध लगाउने कम्युनिष्टहरुको चरित्र हो।’
पौडेलले दुई तिहाईको जनमत निरकुंश शासन चलाउन दुरुपयोग गरेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।