• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ २६, २०८२ Mon, Feb 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारको कार्यशैलीले आगामी निर्वाचनबाट कांग्रेसको सत्तारोहण : विश्लेषक आचार्य

64x64
नेपाल लाइभ सोमबार, असोज ६, २०७६  ०५:५७
1140x725

काठमाडौं- कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकारसमेत रहेका पुरञ्जन आचार्यले कांग्रेसका लागि सरकारको प्रतिवाद गर्ने अनुकुल समय आएको बताएका छन्।

विचार र संगठनमार्फत वर्तमान सरकारको प्रतिवाद गर्नुपर्ने उनको राय छ। ‘कांग्रेसमा बुद्धिमता हुने हो भने यही बेला हो, कम्युनिष्टलाई विचार र संगठनबाट प्रतिवाद गर्ने,’ उनी भन्छन्। वर्तमान कांग्रेसको नेतृत्वले सशक्त वैचारिक प्रतिवाद गर्न नसक्नेमा भने उनी ढुक्क छन्। आमजनताले अपेक्षा गरे अनुरुप सरकारले ‘डेलिभरी’ गर्न नसकिरहेको आवाज उठेको बेला त्यसको प्रत्यक्ष फाइदा प्रतिपक्ष दल कांग्रेसले उठाउन सक्छ? राजनीतिक विश्लेषक आचार्य भन्छन्, ‘समय अनुकुल हो। तर, ठूलो ‘तर’ है। कांग्रेस त्यसको लागि तयारै छैन। विचारको त झन कुरै भएन। स्वामित्व लिन सक्ने हैसियता वर्तमान नेतृत्वमा छैन।’

नेतृत्व तहबाट आएका फरक फरक अभिव्यक्तिले कांग्रेस वैचारिक स्पष्टता नभएको उनको ठम्याइ छ। संविधान विपरीत आएका बोलीले नकरात्मक असर कांग्रेसकै हुने उनको निचोड छ। ‘एउटाले राजा राख्ने भन्छ, अर्कोले हिन्दू राष्ट्रै राख्नपर्छ भन्छ।’  संविधान आफ्नै नेतृत्वमा ल्याएको गर्व गर्ने कांग्रेसलाई उनको प्रश्न छ,‘राजा ल्याउनुपर्छ भन्ने? आफैले ल्याएको संविधान पालना कांग्रेसले गर्नुपर्दैन?’ 

संविधानको स्वामित्व कांग्रेसले बोक्नै नसकेको प्रति खिन्नता प्रकट गर्दै कांग्रेस नेतृत्वको खुट्टा कामेको बताए। कांग्रेस नेतृत्वमा स्थिरता र बोलीमा लगाम नभेटिएको उनको दाबी छ। नेताको द्वैध चरित्रबारे भने, ‘संघीयता भनुँ कि नभुनुँ। धर्म निरपेक्षता भनुँ कि नभनुँ। राजा वा राजाकै सन्तान नै भएपनि ल्याउनुपर्छ भन्ने छन्।’ 

कांग्रेसले पुर्नजीवन प्राप्त गर्न सुधार्नुपर्ने धेरै विषय उनले सुझाए। वैचारिक रुपमा स्थिरता, सवल संगठन, गुटविहीन राजनीति, २१औं शताब्दीलाई अनुकुलको नेतृत्व, मिडियामैत्री र संवाद अनिवार्य गर्ने नेतृत्व हुनुपर्ने उनको तर्क छ। प्रतिपक्षीय भुमिकामा प्रखर हुन नसकेको कांग्रेसलाई आफ्नो हैसियत बढाउन अन्तराष्ट्रिय समुदायको साथ लिन सक्ने नेतृत्व हुनुपर्ने विचार राख्छन्। उनले वर्तमान शीर्ष तहबाट कांग्रेसको परिवर्तन हुन नसक्ने ठोकुवा गर्दै भने, ‘पार्टी नेतृत्वलाई विदा दिनुपर्छ। पार्टीभित्र अर्को व्हिम चलाएर नेतृत्व परिवर्तन गर्नुपर्छ। होइन भने असल कार्यकर्ता पनि किनारा लागेर बस्नुबाहेक केही छैन।’ 

वर्तमान नेतृत्वलाई अन्तराष्ट्रिय परिदृश्यको ख्याल गर्न सुझाव दिन्छन्। कांग्रेसले सुझाव दिदैं भने, ‘गलत वा असल नै किन नहोस् मोदी र ट्रम्पको उदय किन भएको? आफ्ना एजेन्डा बलपूर्वक राख्न सक्छन्। पब्लिकको सेन्टिमेन्ट बुझ्न सक्छन्।’ 

मुद्दाको स्वामित्व लिन नसक्नु कांग्रेसको कमजोरी भएको बताए। नागरिकताका विषयमा समयमा कांग्रेस अडान नआएको उनको भनाई छ। नागरिकता विधेयकमा कांग्रेसले पछिल्लो समयमा लिएको अडानलाई प्रदेश २ का जनताले किन आत्मसाथ गरेनन्। पुर्नमूल्यांकन गर्न सुझाए।

Ncell 2
Ncell 2

नेपाल लाइभसँगको संवादमा आचार्यले विगतको कांग्रेस, पार्टीमा उनको लगाव र नेताहरूसँगको सम्बन्ध सम्झिए। सक्रियताबारे भने, ‘म कांग्रेसको एक्टिभिस्ट नै थिएँ। लामो समय कांग्रेसको कार्यकता भएर बसें। निर्वासनमा भएका नेतालाई भेटें। कांग्रेसले जेजे अह्रायो, त्यही गर्दै आएको हुँ। अरोटे कांग्रेस भएँ।’ नेता र पार्टीको पछि लाग्दालाग्दै जीवनको जवानी र उर्जा सबै सिद्ध्याएकोमा आत्मग्लानी भने उनमा थिएन। 

हाल, पार्टीको राजनीति किनारामा बसेर मूल्यांकन गर्दै आएका आचार्यले भने, ‘अहिले अरु केही काम नभएर समालोचक हुन पुगेको छु। यही कार्यले पनि छिट्टै विश्राम पनि पाउँछ होला।’  दैनिक जीवनमा उनले भेट्ने अधिकांश नागरिकले वर्तमान सरकार कामै नलाग्ने बताउँछन्। त्यसको विकल्पमा कांग्रेस वा पार्टी शेरबहादुर देउवालाई देख्छन् त? उनी भन्छन्, ‘अहँ, देउवालाई मन नपराउनेको संख्या झन् बढी छन्।’ आम सर्वसाधारणको बोलीमा सही थाप्दै आचार्यले भने, ‘ब्ल्याक एन्ड व्हाइटमा कुरा गर्न आउँदैन। कोसी तिरको पानी कडै भएकाले पो हो कि जे हो, त्यही भन्छु। देउवाबाट कांग्रेस चल्दैन। जहाँ पनि भन्न सक्छु।’

पार्टीमा गुट, समूह, उपगुट जन्मिएको प्रति उनलाई चिन्ता छ। गुट निर्माणमा उपल्लो तहका नेताका ‘पिछलग्गु’हरूले निर्णायक भुमिका खेलेको उनको बुझाई छ। उनले भने, ‘पिछलग्गुले ब्लक निर्माण गरेका छन्। ती ब्लकहरूले के गर्छन् भने माथिका नेतासँगको दुरी टाढा बनाइदिन्छन्।’  विगतमा गुट फरक भएपनि एक अर्काको सम्मान गर्ने पररम्परा रहेको स्मरण गरे। लामो समय गिरिजासँग संगत गरेका उनले भने, ‘कोइराला क्याम्पका नेताहरूले गणेशमान र कृष्णप्रसाद भट्टराईलाई आदर गर्थे। छुट्टै सम्मान थियो।’ गिरिजाले अर्को समूहका नेतालाई गर्ने व्यवहारबारे उनका राजनीतिक सल्लाहकार आचार्यले सुनाए, ‘प्रदीप गिरीले हार्ने सोचेर केही पैसा दिएर मलाई खटाउनु भएको थियो। जेपी गुप्ता साक्षी छन्।’

गणेशमान र गिरिजाको दुरी बढेको तत्कालीन समयको एक घटना पनि सुनाए। ब्राजिलमा भइरहेको ओलम्पिक खेलको अन्तिम दिन थियो। गणेशमानले गिरिजा निकट रहेका आचार्यलाई भेट्न बोलाए। उनले उक्त कुरा गिरिजालाई सुनाए। गिरिजाले आफू पनि गणेशमानलाई भेट्न इच्छा देखाए। दुवै जना गणेशमानलाई भेट्न गए। गणेशमानसँग डेढ घन्टा बिताए। गिरिजासँग असन्तुष्ट गणेशमानले गिरिजा तिर हेर्दै हेरेनन्। उनले तत्कालीन समयको परिदृश्यको संस्मरण गरे, ‘टेलिभिजनबाट आँखा पनि उठाउनु भएन। गिरिजाबाबुलाई सकेसम्म गाली गर्नुभयो। आँखा नजुधाई टेलिभिजन तिर हेरेर नै गाली गरिरहनुभयो।’ गणेशमानको चिन्ता कांग्रेस बिग्रिए रोष गिरिजाप्रति थियो। 

कांग्रेसको स्खलन सुनाउँदा-सुनाउँदै पनि आचार्यले सत्ताबाट कांग्रेसको दुरी घट्दै गएको तर्क राखे। ‘ऐतिहासिक हार’ बेहोरेको कांग्रेसले छिट्टै गति नलिने तत्कालीन समयमा प्रतिक्रिया दिएका उनले आफ्नै विश्लेषणको संसोधन गरे। उनले भने,‘कम्युनिस्टले दुई तिहाईको सरकार बनाएपछि कांग्रेस भित्र धेरै ठूलो स्खलन आउँछ भन्ने थियो। मेचाकालीसम्म कांग्रेसलाई छोड्नेको संख्या बढ्छ भन्ने थियो।’

नेकपाबाट कांग्रेसमा प्रवेश गर्ने क्रममा आशा पुनः ब्युँतिएको उनको मूल्यांकन छ। आशाको संकेत देखाउँदै भने, ‘सौभाग्य भनौं, अबको निर्वाचनपछि कांग्रेस पुनः सत्तामा देखिने छ।’  सत्ता सम्हालेको नेकपाबाट कांग्रेसमा प्रवेश गर्नेहरूको लहर बढेको उनले दाबी गरे। कांग्रेसबाट नेकपामा जाने क्रम न्यून हुनु र जनअपेक्षा पूरा गर्न वर्तमान सरकार चुक्नुले पुनः कांग्रेसले सत्तारोहण गर्ने उनको विश्लेषण छ। नेतृत्वमा बेथिति रहेपनि कांग्रेसको रुटमा नहल्लिएको आचार्यको निष्कर्ष छ।  

प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  ०५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई सय रन पार गर्ने पहिलो टिम बन्यो स्कटल्यान्ड, इटालीलाई २०८ रनको विशाल लक्ष्य
रास्वपा लक्षित प्रचण्डको टिप्पणी– सामाजिक सञ्जालमा स्टन्ट गरेर नयाँ हुँदैन
सुनचाँदीको मूल्य बढ्यो
सम्बन्धित सामग्री
रास्वपा लक्षित प्रचण्डको टिप्पणी– सामाजिक सञ्जालमा स्टन्ट गरेर नयाँ हुँदैन सोमबार काठमाडौँ–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले त्यसको प्रतिवाद गर्न नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बत... सोमबार, माघ २६, २०८२
रास्वपा सभापति लामिछाने आज रूपन्देहीका ५ वटै क्षेत्रमा पुग्ने बिहान ८ बजे रुपन्देही १ को देवदह खैरेनीबाट उनको जनसम्पर्क कार्यक्रम शुरु भएको पार्टीले जनाएको छ । सोमबार, माघ २६, २०८२
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनलाई ‘हाजिर जमानी’मा रिहा गरिएको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभि... आइतबार, माघ २५, २०८२
ताजा समाचारसबै
दुई सय रन पार गर्ने पहिलो टिम बन्यो स्कटल्यान्ड, इटालीलाई २०८ रनको विशाल लक्ष्य सोमबार, माघ २६, २०८२
रास्वपा लक्षित प्रचण्डको टिप्पणी– सामाजिक सञ्जालमा स्टन्ट गरेर नयाँ हुँदैन सोमबार, माघ २६, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
जापानमा सत्तारुढ गठबन्धनले ल्यायो सानदार बहुमत सोमबार, माघ २६, २०८२
रास्वपा सभापति लामिछाने आज रूपन्देहीका ५ वटै क्षेत्रमा पुग्ने सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं आइतबार, माघ २५, २०८२
यस्तो रहनेछ देशभरको मौसम सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्