काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक शनिबार बस्दैछ।
बैठक दिउँसो १२ बजे नयाँ बानेश्वरमा बस्न लागेको हो।
संसदको चौथो अधिवेशन सकिएको अवस्थामा सांसदहरु आ–आफ्नो जिल्ला फर्किने क्रममा रहेका छन्। सो समयमा सांसदहरुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षहरुबाट निर्देशन हुन सक्ने नेकपाका सचेतक देव गुरुङले जानकारी दिए।
त्यसका अतिरिक्त दसैं लगायतका चाडपर्वको शुभकामना आदानप्रदान पनि हुने उनले बताए।(फाइल तस्बिर।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।