काठमाडौं– दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा एक औपचारिक कार्यक्रम गर्दैै फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलर हेर्दा फिल्ममा दिपकराज गिरी विद्यार्थी नेता र केकी अधिकारी नर्सको भूमिकामा देखिन्छिन्। ट्रेलरले राजनीतिसँगै यि दुईको प्रेमलाई छोएको छ। ट्रेलरमा केदार घिमिरे, जितु नेपाल, सुपुष्पमा भट्ट, शिशिर बाङ्देल, प्रकाश घिमिरे लगायत कलाकार पनि देखिएका छन् ।
निर्देशक लामाको कथामाथि अभिनेता गिरीले पटकथा तयार गरेको यो फिल्म असोज २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ।
हेर्नुस् ट्रेलर :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।