काठमाडौं- नेपाली कांग्रेस बाँकेका संगठन विभाग प्रमुख रहेका महेन्द्र मल्ललाई पार्टीबाट हटाउन आवाज उठेपछि उनले राजीनामा दिएका छन्।
जागरण अभियानको क्रममा भदौ २६ को घटनामा सत्तारुढ दलका कार्यकर्ताको संलग्नता नभएको उनले अभिव्यक्ति दिएपछि पार्टीमा विवाद बढेको थियो। संगठन विभाग प्रमुख रहेका मल्ल र आरोपित सुमन मल्लको निकटता रहेका एक जिल्ला तहका नेताले बताए।
उनले भने, ‘पार्टी हितभन्दा बाहिर गएर अभिव्यक्ति दिएकाले बाँके ३ का कार्यकर्ताले हटाउन माग गरेका थिए।’
विवाद बढ्दै गएपछि मल्लले घरायसी कारण देखाउँदै राजीनामा बुझाएका थिए। नेपाल लाइभसँग कुरा गर्दै राजीनामा दिएका मल्लले भने, ‘पारिवारिक कारणले राजीनामा बुझाएको हुँ।’
दोस्रो चरणको जागरण अभियानका क्रममा सत्तारुढ दलका स्थानीय नेता तथा कार्यकर्ताले कार्यक्रम बिथोलेको कांग्रेसको आरोप छ। उक्त घटनामा परी बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको कांग्रेसको भनाइ छ।
खजुरा गाउँपालिका–२ मा भएको उक्त घटनामा वडा नम्बर १ का वडाध्यक्ष सुमन मल्लको नेतृत्वमा आक्रमण गरिएको कांग्रेसले आरोप लगाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।