काठमाडौं- अरुण नदीमा खसेको बोलेरो जिपमा सवार बेपत्ताको खोजीका लागि गोताखोरको टोली खटाइएको छ।
संखुवासभाको धर्मदेवी नगरपालिका-८ स्थित खाँदबारी-धनकुटा सडकखण्डको अक्कड भिरमा बिरामी लिएर आउँदै गरेको बोलेरो गाडी अरुण नदीको घुमाउने दहमा बुधबार दुर्घटनामा पर्दा चालकसहित ६ जना बेपत्ता भएका थिए।
बेपत्ताको खोजीका लागि काठमाडौंस्थित २० नम्बर विपद् उद्दार उपत्यका गणबाट सशस्त्र प्रहरी वरिष्ठ हवलदारको कमाण्डमा २ जना गोताखोर र २ जना विपद् व्यवस्थापनका सहित ४ जनाको टोली संखुवासभा पुगेको छ।
आज बिहान ११:५५ मा नेपाली सेनाको हेलीकोप्टरमार्फत गोताखोरको टोली घटनास्थल पुगेको हो। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।