डडेल्धुरा- डडेल्धुरामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गाउँपालिका इञ्चार्ज पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको आलिताल गाउँपालिका-१, तोलीका ४० वर्षीय ‘आलोक’ भनिने खेमबहादुर बोहरा छन्। पक्राउ परेका बोहरा ‘विप्लव’ समूहका आलिताल गाउँपालिका इञ्चार्ज तथा जिल्ला सदस्य हुन्।
मंगबालर प्रहरीको टोलीले उनलाई सदरमुकामबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। पक्राउ परेका बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ।
उनीमाथि सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा आवश्यक कानुनी कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।
पक्राउ परेका बोहरा यसभन्दा अगाडि विप्लव समूहले घटाएका विभिन्न घटनामा संलग्न भएको तथा चन्दा असुली गर्ने कार्यमा समेत संलग्न भएको भन्ने बुझिएकोले सो सम्बन्धमा आवश्यक अनुसन्धान समेत भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।