काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले बन्द भएका उद्योग सञ्चालन गर्ने र तिनीहरुलाई नयाँ हिसाबले अघि बढाउने गरी औद्योगिक व्यवसाय विधयेक अघि बढाइएको बताएका छन्।
यो विधयेक ऐन बनेपछि औद्योगिक र व्यावसायिक वातावरणमा सहजता ल्याउने अर्थमन्त्री खतिवडाले उल्लेख गरेका छन्।
संघीय संसद्को राष्ट्रियसभाको बैठकमा विधयेक प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले औद्योगिक वातावरण सहज बनाउने, लगानी खुकुलो बनाउने र औद्योगिक प्रतिष्ठान खोल्ने तथा बन्द गर्न सजिलो व्यवस्था गरेर विधयेक ल्याइएको पनि उल्लेख गरेका छन्।
प्रतिनिधिसभाबाट पारित भएको यो विधयेक राष्ट्रियसभामा प्रस्तुत गरिएको छ। विधयेकमा संशोधनका लागि मंगलबार बेलुकीसम्मको समय तोकिएको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।