काठमाडाैं- पुँजीबजार निरन्तर ओरालो लाग्ने क्रममा छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ३ दशमलव ४६ अंकले घटेर १ हजार १ सय ६३ दशमलव २१ अंकमा पुगेको छ।
बुधबार १ सय ७१ वटा कम्पनीको १५ लाख ३ हजार ९ सय २८ कित्ता सेयर ५ हजार ३० पटक खरीद बिक्री हुँदा ३४ करोड १७ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने बढेको छ। मंगलबार २३ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो।
बुधबार म्युचुअल फन्डबाहेक बाँकी सबै उपसमुहको उपसुचक घटेको छ।
म्युचुअल फन्ड शून्य दशमलव शून्य २ अंकले बढेको छ। सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीको उपसुचक ४९ दशमलव शुन्य ३ अंकले घटेको छ।
कारोबार रकमका आधारमा सोल्टी होटल लिमिटेडको ४ करोड ५५ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार सबैभन्दा धेरै कमाउनेमा घलेम्दी हाईड्रो पावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव ४१ प्रतिशतले कमाएका छन्।
सबैभन्दा धेरै गुमाउनेमा भने नबिल इक्विटि फण्डका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ६९ प्रतिशतले गुमाएका छन्।
बुधबार सेन्सेटिभ ईन्डेक्स शुन्य दशलमव ७९ अंकले घटेर २ सय ५४ दशमलव ७९ अंकमा कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।