काठमाडौं- भिजिट नेपाल २०२० सचिवालयले सरोकारवाला निकाय तथा पर्यटन व्यवसायीको सहयोग तथा विभिन्न अध्ययन प्रतिवेदनको आधारमा २८ वटा नयाँ गन्तव्य छनोट गरेको छ।
सचिवालयले भिजिट नेपाल सफल बनाउँदै २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित गन्तव्य छनोट गरेको हो।
भिजिट नेपालका राष्ट्रिय संयोजक सुरज वैद्य नेपालको प्रचार तथा प्रसारसँगै विदेशी तथा आन्तरिक पर्यटकलागि आकर्षित गर्न २८ वटा गन्तव्य छनोट भइसकेको र थप दुई वटा हुने बाँकी रहेको बताए।
सचिवालयले अहिले देश तथा विदेशमा भिजिट नेपालको प्रचारप्रसार पनि तीव्र रुपमा भइरहेको बताएको छ।
विश्वका विभिन्न देशमा भइरहेका प्रचारप्रसारमा समेत नयाँ गन्तव्यको चिनारी सहितको झल्को दिने गरी प्रचार गरिने सचिवालयले जनाएको छ।।
सचिवालयले प्रदेश र स्थानीय सरकारले दिएको सुझाव र अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट भएको जनाएको छ। सरकारले निजी क्षेत्रको सहकार्यमा गन्तव्य स्थानको विकास गरिने समेत संयोजक वैद्यले बताए।
‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग पुगोस् भनी यो योजना अगाडि सारेको उनको भनाइ छ।
सरकारले २०२५ सम्म देशको अर्थतन्त्रको कुल हिस्सामा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउने लक्ष्यसहित थप गन्तव्यको छनोट गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ। मन्त्रालयल पनि गत आवमा आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षित गर्न र पर्यटन प्रवर्द्धनका लागि भन्दै १ सय गन्तव्यको छनोट गरेको थियो।
सचिवालयले गन्तव्य छनोट गर्दा पुरातात्विक सम्पदा र चर्चित पर्यटकीय गन्तव्यलाई समेत समावेश गरेको छ। यसमा क्यानोनिङ, डाभइभिङ, प्याराग्लाइडिङ, र्याफ्टिङ जस्ता क्रियाकलाप पनि समेटिएको छ।
सचिवालयले कन्चनजंगा–ओखलढुंगा गोला, जानकी मन्दिर, चितवन राष्ट्रिय निकुन्ज, पाँचपोखरी ट्रेकिङ, काठमाडौं– मनाङ डाइभ लगायतका गन्तव्य छनोट गरेको छ।
यी हुन् छनोट भएका २८ गन्तव्य-
तस्बिर : इशान कार्की, photonepal.travel
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।