काठमाडौं- पर्यटकीय गन्तव्यको प्रचार र भिजिट नेपाल २०२० को प्रवर्द्धनका लागि लक्षित गर्दै नेपाल पर्यटन बोर्डले 'फोटो नेपाल' डट ट्राभल अनलाइन सार्वजनिक गरेको छ।
बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईको उपस्थितमा फोटो नेपाल अनलाइन सार्वजनिक गरेको हो।
फोटोनेपाल डट ट्राभल अनलाइनको लञ्च गर्दै मन्त्री भट्टराईले नेपालको गन्तव्य प्रचार फोटो पत्रकार तथा ग्राफरको समेत प्रचारका लागि अनलाइन सञ्चालनमा ल्याइएको जनाएको छ।
बोर्डले विगत चार वर्षदेखि नियमित रुपमा फोटो नेपाल प्रदर्शनीको आयोजना गरिरहेको छ।
बोर्डका कार्यकारी प्रमुख श्री दीपकराज जोशीले फोटो मार्फत देशको प्रवर्द्धन गर्ने बोर्डको अभियान अर्को चरणमा प्रवेश गरेको बताए।
विशेषताहरू
- फोटोग्राफरका लागि आफ्नो फोटो प्रदर्शन गर्ने राम्रो प्लेटफर्म, विज्ञ, वरिष्ठदेखि लिएर सिकिरहेका सम्मलाई फोटो देखाउन र प्रतिक्रिया लिन सहज हुने।
- नेपालका विविध फोटोहरु खोज्न सहज हुने र वेभसाइटमा भएको सर्च फिचर प्रयोग गरेर आफूलाई चाहेको फोटो खोज्न सकिने ।
- फोटोहरुलाई सामाजिक सञ्जालमा शेयर गर्न सकिने ।
- प्रयोगकर्ताको कपिराइट सुरक्षित हुने
विषयवस्तुको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सकिने प्लेटफर्म मात्र नभएर पर्यटन बोर्डले समयसमयमा आयोजना गर्ने प्रतिस्पर्धात्मक कार्यक्रममा भाग लिन मिल्ने।
साथै यो साइटको डाटा दैनिक भिजिट ५ हजार प्लस, दैनिक साइनअप ५० प्लस रहेको छ भने कुल एक हजार फोटो अपलोड भइसकेको बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।