काठमाडौं- बुधबारबाट तेस्रो पूर्वाधार सम्मेलन उद्घाटन हुँने भएको छ। नेपाल उद्योग परिसंघ (सिएनआई) र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा हुने पूर्वाधार सम्मेलन काठमाडौंमा दुई दिनसम्म चल्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पूर्वाधार सम्मेलनमा लगानी बोर्डले २१ वटा आयोजना र ७ वटै प्रदेशले ८० वटा आयोजना शोकेस गर्ने भएका छन्।
सोमबार सिएनआइले पूर्वाधार सम्मेलनबारे जानकारी दिन आयोजना गरेको पत्रकार कार्यक्रममा उक्त जानकारी दिएको हो।
सम्मेलानमा प्रमुख वक्ताका रुपमा दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हाङ सिउङसो सहभागी हुने परिसंघका अध्यक्ष शतिस मोरले जनकारी दिए।
‘यो वर्षको लगानी सम्मेलनमा ५ सयभन्दा बढी हाइ लेबल डेलिगेट्स सहभागी हुनेछन्,' उनले भने, ‘पूर्वाधार सम्मेलन नेपालको पूर्वाधार विकासमा फलदायी हुनेछ।’
नेपालको मूल आवश्यकता र शक्तिको क्षेत्रमा ठूलो मात्रामा निजी लगानी आकर्षित गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको उनको भनाइ छ।
पूर्वाधारका क्षेत्रमा बलियो नेटवर्क, गठबन्धन र साझा वृद्धि गर्न सम्मेलनले टेवा पुर्याउने परिसंघको विश्वास छ। सम्मेलनले उर्जा, पर्यटन, सहरी विकास, यातायात, खानेपानी तथा सिँचाइ र कृषि क्षेत्रको लगानी विस्तारमा जोड दिने संघको भनाइ छ।
यो वर्षको पूर्वाधार सम्मेनलमा ७ वटै प्रदेशका लागि १/१ वटा स्टल समेत उपलब्ध गराउने भएको छ। सिएनआइले यो पूर्वाधार सम्मेलनलाई क्षेत्रीय विकासको आधारको रुपमा समेत हेरेको जनाएको छ। सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले सहभागिता जनाउँदै छन्।
२ दिनसम्म चल्ने सम्मेलनमा दक्षिण कोरियाका पूर्वप्रधानमन्त्रीसहित भारतका संघीयमन्त्री, विश्व बैंकका उपाध्यक्ष, एडिबीका क्षेत्रीय निर्देशकलयातका व्यक्तिहरु 'कि-नोट स्पिकर'को रुपमा रहने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।