काठमाडौं- श्रमिकहरूको हकहितका लागि भन्दै ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यविधि श्रमिकमैत्री नभएको भेटिएको छ। नयाँ युगको सुरुवात भन्ने नारासहित निजी क्षेत्रमा कार्यरत श्रमिकको हितका लागि ल्याइएको कार्यविधि भाषागत रूपमा श्रमिकमैत्री नभएको पाइएको हो।
नेपाली भाषामा सामान्य लेखपढ गर्नसमेत मुस्किल पर्ने श्रमिकहरू भएको अवस्थामा श्रमिककै लागि ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि (पहिलो संसोधनसहित) २०७५ मा अंग्रेजी भाषा र त्यसमा पनि प्राविधिक समेत भएकाले आम श्रमिकको बोधमा असहज हुन सक्ने देखिएको हो।
कार्यविधिको पेज नम्बर ३५ मा कामदारलाई लाग्न सक्ने व्यवसायजन्य रोगको सूची राखिएको छ। तर कार्यविधिमा राखिएका व्यवसायजन्य रोगका सूचीमा रोगका नाम अंग्रेजी भाषामा लेखिएको छ।
नेपालका सन्दर्भमा कुनै पनि उद्योग वा प्रतिष्ठानमा कार्यरत श्रमिकले अंग्रेजी भाषा बुझ्न कठिनाइ हुन सक्छ। यसले गर्दा सामाजिक सुरक्षा योजनामा सूचीकृत भएका तथा हुन पूर्व श्रमिकहरुले व्यवसायजन्य रोग भनेको के हो? र व्यवसायजन्य रोगहरु कस्ता कस्ता प्रकृतिका हुन्छन् भन्ने कुरा बुझ्न मुस्किल छ।
हेरौं कार्यविधिमा भएको व्यवसायजन्य रोगको सूची
.JPG)


.JPG)
नेपाल लाइभले कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीसँग यस सम्बन्धमा प्रतिक्रिया लिँदा उनले कार्यविधिमा प्रयोग गरिएको अंग्रेजी भाषा श्रमिकमैत्री नभएको स्वीकार गरे।
‘सामाजिक सुरक्षा योजना विशेष गरी उद्योग वा प्रतिष्ठानका श्रमिकहरू लक्षित हुन्। उद्योग वा प्रतिष्ठानमा कार्यरत थुप्रै श्रमिकहरूले कार्यविधिमा समावेश गरिएका रोगको सूची र अंगेजी भाषा बुझ्न सक्ने अवस्था छैन। हामी यसलाई छिट्टै नेपाली भाषामा राख्छौँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।