काठमाडौं- साताको दोस्रो दिन नै पूँजीबजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेको छ।
आइतबार ९ दशमलव ५४ अंकले घटेर नेप्से १ हजार १ सय ६८ दशमलव ९१ अंकमा झरेको छ।
आइतबार १ सय ७३ वटा कम्पनीको १४ लाख २८ हजार ८ सय ३८ कित्ता सेयर ७ हजार ८ सय ३६ पटक किनबेच हुँदा २९ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
उत्पादन समूहबाहेक अन्य सबै समूहको उपसूचक घटेको आइतबार उत्पादन समूहको उपसूचक भने ५ दशमलव ३९ अंकले बढेको छ।
सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीको उपसूचक ६६ दशमलव शुन्य ४ अंकले घटेको छ।
आइतबार सिभिल बैंक लिमिटेडको प्रमोटर सेयर ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यसैगरी सबैभन्दा धेरै कमाउनेमा आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव १८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा युनाईटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ३१ प्रतिशतले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।