• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सामाजिक सुरक्षा योजना : कुनै पनि मन्त्रीका सचिवालय कर्मचारी नै कोषमा समेटिएनन्

श्रम मन्त्रालय भन्छ- योजना निजी क्षेत्रका लागि मात्रै
64x64
नेपाल लाइभ मंगलबार, भदौ २४, २०७६  ०६:२०
1140x725

काठमाडौं- आगामी असोज मसान्तभित्र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण रोजगारदाता तथा श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा सूचिकृत हुन आह्वान गरिरहेको सरकार आफैंले भने मन्त्रीका स्वकीय सचिवालयका कर्मचारीहरुलाई भने कोषमा सूचिकृत गराउन सकेको छैन।

कोषमा अनिवार्य सूचिकृत भइसक्नुपर्ने अन्तिम मिति नजिकिए पनि मन्त्रीहरुकै स्वकीय सचिवालयका कर्मचारीहरु कोषमा समेटिन नसकेका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित अन्य २२ वटा मन्त्रालयका मन्त्रीका कुनै पनि स्वकीय सचिवालयका कर्मचारीहरु कोषमा सूचिकृत भएका छैनन्। कोषको कार्यालयले कुनै पनि मन्त्रालयका स्वकीय सचिवालयका कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको स्पष्ट पारेको छ।

‘कोषमा ठूला-ठूला कम्पनी, अस्पताल, विद्यालयलगायत विभिन्न सामाजिक संस्था, सूचिकृत भएका छन्, सामाजिक सुरक्षा योजना नयाँ भएकाले रोजगारदाता र श्रमिकहरुले यसबारे बिस्तारै बुझेर आउने क्रम चलिरहेको छ,’ कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले भने, 'तर, मन्त्रीका स्वकीय सचिवालयका कर्मचारीहरुको आवद्धताका बारेमा भने कोषलाई जानकारी छैन।'

उनका अनुसार शुक्रबारसम्म कोषमा श्रमिकहरुको ४० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ। आगामी असोज मसान्तभित्र निजी क्षेत्रका श्रमिक तथा रोजगारदाता कोषमा अनिवार्य रुपमा सूचिकृत भइसक्नुपर्ने कोषले जनाएको छ।

सोही अनुसार कोषमा हालसम्म २ हजार बढी रोजगारदाता र १४ हजार बढी श्रमिकहरु सूचिकृत भइसकेका छन्। तर, यस आँकडाभित्र कुनै पनि मन्त्रीका स्वकीय सचिवालयका कर्मचारीहरु समेटिएका छैनन्। स्वकीय सचिवालयका कर्मचारीलाई कोषमा सूचिकृत गराउने सम्बन्धमा सरकार स्वयम् मौन देखिएको छ।

'योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४'ले 'श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगारदाताको लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार, कर्मचारी वा जुनसुकै पद, नाम दिई काममा लगाइएको व्यक्ति' भनेर परिभाषित गरिएको छ।

कोषमा नियमित र आकस्मिक सबै प्रकृतिका श्रमिकहरु सूचिकृत गराउनु पर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त ऐनको परिच्छेद १ (झ)मा 'रोजगारदाता भन्नाले श्रमिकलाई काममा लगाउने व्यक्ति वा प्रतिष्ठान' उल्लेख गरिएको छ र सो शब्दले देहायका व्यक्तिलाई बुझाउँछ-

  • प्रतिष्ठानको हकमा व्यवस्थापक

  • कुनै श्रमिकले अर्को श्रमिकलाई काममा लगाएमा काममा लगाउने श्रमिक

  • आपूर्ति गरिएको श्रमिकको हकमा श्रमिक आपूर्तिकर्ता

  • सरकारी सेवामा बहाल रहेको व्यक्ति वा सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्तिको हकमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन अनुसार मन्त्रीको स्वकीय सचिवालयका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षा कोषमा अनिवार्य समेट्नु पर्दछ। तर, कुनै पनि मन्त्रीले आफ्ना स्वकीय सचिवालयका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध नगराउनुले सरकारको प्रवृत्तिलाई 'अरुलाई ऐन आफूलाई चैन' भन्ने उखान सान्दर्भिक हुन आएको छ।

तालुकदार मन्त्रालय नै गैरजिम्मेवार
कोषसँगको तालुकदार मन्त्रालय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार सम्हालिरहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि आफ्नो स्वकीय सचिवालयका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गराएका छैनन्।

श्रम मन्त्रीका स्वकीय सचिवालयमा स्वकीय उपसचिव गणेश श्रीपाली, स्वकीय अधिकृत रमेश काउछा, प्रेस संयोजक मदन खनाल, कार्यालय सहयोगी २ जना र ड्राइभर २ जना गरी ७ जना कर्मचारीहरु कार्यरत छन्।

श्रम मन्त्रीका स्वकीय सचिवालयका एक कर्मचारीका अनुसार उनीहरु कोही पनि सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका छैनन्।

श्रम मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘कोषमा पहिला सबै प्रतिष्ठानका श्रमिकहरु समेटेपछि मात्रै मन्त्रीज्यूको स्वकीय सचिवालय पनि समेट्ने कि भन्ने कुरा भइरहको छ, यसबारेमा मन्त्रालयले थप छलफल गरेको छैन।’

सिंहदरबारभित्रैका कर्मचारी सामाजिक सुरक्षा योजनाबाट वञ्चित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, प्रमुख नियामक निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित स्वास्थ्य तथा जनसंख्या, रक्षा, गृह, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत सबै २२ वटै मन्त्रालयको कार्यभार सम्हालिरहेका मन्त्रीका स्वकीय सचिवालयका कुनै पनि कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका छैनन्।

सामान्यतया प्रत्येक मन्त्रीले आफ्नो स्वकीय सचिवालयमा ३ देखि ५ जना कर्मचारीहरु आवश्यकताअनुसार राख्ने गरेका छन्। कार्यालय सहयोगीसहित गर्दा प्रत्येक मन्त्रीका स्वकीय सचिवालयमा ५ देखि ७ जनासम्म कर्मचारीहरु छन्।

प्रत्येक मन्त्रीका स्वकीय सचिवालयमा ५ जना कर्मचारीका दरले हिसाब गर्दा पनि २२ वटा मन्त्रालयका स्वकीय सचिवालयका १ सय १० जना कर्मचारीहरु सिंहदरबारभित्रै सामाजिक सुरक्षा योजनाबाट वञ्चित भएका छन्।

मन्त्रालय भन्छ- योजना निजी क्षेत्रका लागि मात्रै हो
कानुन निर्माण तथा कार्यान्वयनको उच्च ओहोदामा रहेका मन्त्रीहरु आफैंले स्वकीय सचिवालयका कर्मचारीहरुलाई सामाजिक सुरक्षाबाट वञ्चित गराउनुले सरकार र नियामक निकाय माथिको विश्वास नै घटेर जान्छ।

यस्तो अवस्थामा निजी क्षेत्र, विभिन्न संघसंस्था, उद्योगलगायतमा सामाजिक सुरक्षा योजना लागू गराउन पहल गरिरहेको श्रम मन्त्रालयले आफूसहित सरकारका प्रमुख निकायलाई नै कोषको आवश्यक प्रक्रियामा समाहित गराउन नसकेपछि मन्त्रालयको कार्यशैलीमाथि नै नैतिक प्रश्न उठ्ने देखिएको छ।

तर, श्रम मन्त्रालयले यस सम्बन्धमा गैरजिम्मेवारपूर्ण प्रतिक्रिया दिएको छ। श्रम मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा नारायण रेग्मीले समाजिक सुरक्षा कोषमा कुनै पनि उद्योग वा प्रतिष्ठानमा आवद्ध रहेका कर्मचारीहरुलाई मात्रै समेटिने दाबी गरे।

उनले भने, ‘सरकारले निजी क्षेत्र, उद्योग वा प्रतिष्ठानमा आवद्ध श्रमिकहरुलाई मात्रै सामाजिक सुरक्षा कोषमा समेट्ने योजना अघि सारेको हो, मन्त्रीका स्वकीय सचिवालयका कर्मचारीहरु समेट्ने सम्बन्धमा केही छलफल भएको छैन।’

कोषमा कति जम्मा हुन्छ रकम?
रोजगारदाता तथा श्रमिक सामाजिक सुरक्षा कोषमा सूचिकृत भइसकेपछि योगदानको रकम मासिकरुपमा कोषमा जम्मा गर्नुपर्ने हुन्छ। जसमा श्रमिकले पाउँदै आएको न्यूनतम पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी रोजगारदाताको तर्फबाट २० प्रतिशत थप गरी मासिकरुपमा कोषमा ३१ प्रतिशत रकम जम्मा गर्नुपर्दछ।

योगदानकर्ताले कोषमा रकम जम्मा गर्न सुरु गरेपछि कोषका विभिन्न योजनाहरुमा योगदानकर्ताहरु समेटिने प्रावधान छ। कोषले प्रारम्भिक चरणमा औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजना गरी ४ वटा योजनाहरु अघि सारेको छ।

कोषमा जम्मा भएको योगदानकर्ताहरुको रकमबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता योजनाका लागि १ दशमलब ४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलब २७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८ दशमलब ३३ प्रतिशत गरी कूल ३१ प्रतिशत रकमलाई बाँडफाँट गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री शनिबार, भदौ २०, २०८३
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति? शनिबार, भदौ २०, २०८३
पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्