काठमाडौं- नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाइडबडी ए-३३० विमानको प्रमुख लगानीकर्ताद्वय कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको लगानी गैरजिम्मेवारीपूर्ण ढंगको रहेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसिमतिले निष्कर्ष निकालेको छ।
समितिअन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदनमा विमान खरिदमा नेपाल सरकारको जमानी रहे पनि कर्मचारी सञ्चय कोषले गैरजिम्मेवारीपूर्ण ढंगबाट लगानी गरेको उल्लेख छ।
विमान खरिदमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले साढे १२/१२ अर्ब रुपैयाँ लगानी गरेका थिए। विमान नेपाल आएको वर्ष दिनभन्दा बढी भइसकहेको छ। कोषले गैरजिम्मेवारीपूर्ण ढंगबाट लगानी गर्दा लाखौं जनताको रकम जोखिममा परेको उपसमितिले तयार पारेको प्रतिवदनमा जनाइएको छ।
दीपप्रकाश भट्टको संयोजकत्वमा बनेको उपसमितिमा ५ सदस्य रहेका थिए।
वाइडबडी विमान खरिदकै विषयमा सार्वजनिक लेखा समितिले ४ अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको हुनसक्ने आशंकासहित अख्तियारलाई छानबिनका लागि प्रतिवेदन बुझाएको थियो। अख्तियारले सो सम्बन्धमा अहिले छानबिन गरिरहेको छ। (फाइल तस्बिर)
यस्तो छ प्रतिवेदनः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।