काठमाडौं- शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। शुक्रबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ७२ हजार रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुनको भाउ तोलाको ७३ हजार ४ सय तोकिएको थियो।
सुनको भाउ १४ सय रुपैयाँले घटेको दिन चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ। चाँदी तोलाको ९ सय रुपैयाँमा किनबेच भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।