काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्सलाई जितका लागि १८७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले आक्रामक ब्याटिङ गर्दै विशाल लक्ष्य प्रस्तुत गरेको हो । विराटनगरका लागि लोकेशले सर्वाधिक ८७ रनको उत्कृष्ट पारी खेले ।
विराटनगरको रनवर्षा रोक्ने क्रममा कर्णालीका कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा ३३ रन खर्चेर महत्त्वपूर्ण चार विकेट लिए ।
सोमपालले लोकेश, अशलंका र म्याथ्युजलाई आउट गरे भने आन्द्रे रसेलको विकेट पनि आफ्नो नाममा लेखाए ।
सोमपालको प्रभावशाली बलिङका बाबजुद विराटनगरले ठूलो योगफल खडा गर्दै कर्णालीसामु जितका लागि १८७ रनको चुनौती प्रस्तुत गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।