सुस्ताएको भारतीय अर्थतन्त्रले नेपालमा असर पार्ला?
.jpg)
काठमाडौं- आर्थिक वर्ष २०१८/१९ मा भारतीय अर्थतन्त्रको वृद्धिदर घट्दो क्रममा छ। दोश्रोपटक प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेपछि नरेन्द्र मोदीले लिएका केही निर्णयका कारण भारतीय अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिएको आँकलन गरिएको छ। तीन/चार महिना अगाडिसम्म ८ प्रतिशत रहेको भारतको आर्थिक वृद्धिदर छोटो अवधिमै घटेर ५ प्रतिशतमा पुगिसकेको छ।
नेपालको अर्थतन्त्रका धेरै आयाम केही हदसम्म भारतीय अर्थतन्त्रसँग जोडिएकाले एकापसमा प्रत्यक्ष सम्बन्ध राख्छन्। यसरी नेपालको अर्थतन्त्रसँग प्रत्यक्ष/अप्रत्यक्ष रूपमा जोडिएको भारतीय अर्थतन्त्र सुस्ताएपछि नेपालमा त्यसले कस्तो असर देखिन सक्छ? भन्ने विषयमा अर्थतन्त्रका जानकार व्यक्तिहरूसँग नेपाल लाइभका लागि हेमन्त जोशीले कुराकानी गरेका छन्।
भारती अर्थतन्त्र खस्किए मुद्रा विनिमयमा असर पर्छ : डा पोषराज पाण्डे
भारतको अर्थतन्त्र धरासायी भइहालेको अवस्था होइन। अहिले विश्व अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशत छ भने भारतमा ५ प्रतिशत आर्थिक वृद्धिदर छ।
पछिल्लो समय भारतको अर्थतन्त्रको वृद्धिदर कम गर्ने मुख्य कारक भनेको अटोमोबाइल क्षेत्रको बजार घट्नु हो। उत्पादनका क्षेत्रमा अटोमाबाइल क्षेत्रको योगदान बढी हुने भएकाले त्यसको असर वृद्धिदरमा देखिएको हो। अरु क्षेत्रमा पहिलोको जस्तै वृद्धिदर छ।
अब जहाँसम्म नेपालको अर्थतन्त्रमा प्रभावको विषय छ, नेपाल र भारतबीचको अर्थतन्त्रलाई जोड्ने मुख्य माध्यम वैदेशिक व्यापार हो। अर्को विषय भनेको प्रत्यक्ष वैदेशिक लगानीको हो। नेपाललाई भारतले दिने आर्थिक सहायता, ऋण तथा अनुदानका विषयहरुसँग पनि जोडेर हेर्न सकिन्छ।
केही नेपालीहरु भारतमा काम गर्न गएका छन्। त्यहाँबाट नेपाल भित्रिने रेमिट्यान्स पनि नेपाल र भारतको अर्थतन्त्रसँग जोडिने विषय हो। यी प्यारामिटर नै हुन्, दुई देशबीचको अर्थतन्त्रलाई तुलना गर्नुपर्ने।
नेपालको अर्थतन्त्रको तुलनामा भारतबाट नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीको अंश र भारत सरकारको सहायताको अंश निकै कम छ। वैदेशिक व्यापारमा भने अलिकति त्यसको प्रभाव देखिन सक्छ। नेपालको यसै त कम निर्यात छ, त्यसमाथि भारतको उपभोक्ता बजार सुस्त भएका कारण हाम्रो निर्यात घट्न सक्छ।
भारतीय अर्थतन्त्र निकै नै खस्कियो भने हाम्रो मुद्रा विनिमय दरमा असर पर्छ। नेपाल र भारतबीच स्थिर विनिमय दर छ।
नेपालबाट निर्यात हुने वस्तुको माग घट्न सक्छ : केशव आचार्य
नेपालको अर्थतन्त्र धेरै हदसम्म भारतको अर्थतन्त्रसँग जोडिएको छ। नेपालको मुद्रा स्थिर विनिमय प्रणाली बमोजिम भारतीय रुपैयाँसँग जोडिएको छ। जसकारण भारतीय रुपैयाँ बढे नेपाली रुपैयाँ पनि बढ्छ। भारतीय रुपैयाँ कम भएको अर्थात अवमूल्यन भएकै कारण नेपाली मुद्रा पनि अवलम्बन भइरहेको छ।
अमेरिकी डलर बढेको छ। भारतमा आर्थिक मन्दी देखिँदा त्यहाँको मुद्रा थप अवमूल्यन हुन सक्छ। त्यसको असर नेपाली मुद्रामा पनि देखिन्छ। जसका कारण डलर थप महँगो बन्न सक्छ।
नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतीय बजारसँग जोडिएको छ। जसका कारण आयात र निर्यात दुवैमा त्यसको प्रभाव देखिन्छ। भारतीय बजारमा वस्तु तथा सेवामा मुल्यवृद्धि हुने भएपछि त्यसको असर नेपाली बजारमा त देखिन्छ नै, समग्र वैदेशिक व्यापारलाई नै त्यसले असन्तुलित बनाउन सक्छ।
नेपालबाट निर्यात हुने वस्तुको भारतमा माग घट्न सक्छ। कच्चा पदार्थ पनि भारतबाटै आउने हो। कच्चा पदार्थ महँगो भएपछि नेपालका उद्योगधन्दाहरुले उत्पादन गर्ने वस्तुमा लागत पनि बढ्छ। श्रम बजारमा पनि यसको प्रभाव देखिन सक्छ।
यसरी उपभोक्ता बजार प्रभावित हुने, नेपाली मुद्राको अवमूल्यन हुने, खर्बौं रुपैयाँ रहेको व्यापार घाटा बढ्न गई नेपालको वैदेशिक व्यापार थप असन्तुलित हुने जस्ता समस्या देखिन सक्छन्। जसले समग्रमा मुलुकको अर्थतन्त्रलाई नै प्रभावित तुल्याउँछ।
भारतीय अर्थतन्त्र सुस्ताउँदैमा नेपालमा पनि त्यही हुन्छ भन्न सकिन्न : डा शंकर शर्मा
भारतमा अर्थतन्त्र खस्कँदा नेपालको आर्थिक वृद्धिदर र कूल गार्हस्थ उत्पादनमा खासै प्रभाव पार्दैन। किनकि नेपालको अर्थतन्त्रसँग जोडिएका विविध आयाममध्येको निकै कम हिस्सामात्र यो विषयसँग सम्बन्धित छ।
नेपालको बजारसँग भारतीय बजार प्रत्यक्षरूपमा जोडिएका कारण उपभोक्ता बजारमा यसको असर देखिन्छ। नेपालले गर्ने निर्यातको दुई तिहाइ वस्तु तथा सेवा भारतमा नै निर्यात हुने भएका कारण निर्यातमा त्यसको प्रभाव देखिन सक्छ।
हाम्रो अर्थतन्त्र रेमिट्यान्समा बढी निर्भर भएको र भारतबाट नेपाल भित्रने रेमिट्यान्समा पनि यसको असर देखिन्छ। अरु मुलुकको तुलनामा रेमिट्यान्स कम देखिए पनि भारतमा नेपालको श्रम बजारको ठूलो हिस्सा छ। नेपालको विनिमय भारतीय विमियसँग स्थिर रहेका कारण त्यसमा खासै प्रभाव देखिँदैन। तर, भारतीय मुद्रा अवमूल्यन हुँदा नेपाली मुद्रा पनि अवमूल्यन हुने चुनौती भने रहन्छ।
तर, हामीले बुझ्नुपर्ने कुरा के हो भने, यी विषयहरू नेपाल र भारतको अर्थतन्त्रसँग प्रत्यक्ष वा परोक्ष रुपमा जोडिएका भए पनि कूल गार्हस्थ्य उत्पादन र नेपालको आर्थिक वृद्धिदरमा निकै कम मात्र महत्व राख्छन्। जसकारण भारतको अर्थतन्त्र सुस्ताएका कारण नेपालको अर्थतन्त्र पनि सुस्ताउन सक्छ भन्ने पर्याप्त आधार भेटिँदैनन्।
स्वर्ण | रजत | कास्य | जम्मा | |
---|---|---|---|---|
![]() |
७९ | ५८ | २५ | १६२ |
![]() |
४० | २७ | ४६ | ११३ |
![]() |
२३ | ४१ | ६८ | १३२ |
![]() |
१८ | २५ | २८ | ७१ |
![]() |
४ | १६ | ५१ | ७१ |
![]() |
१ | ० | २ | ३ |
![]() |
० | ० | ६ | ६ |
- डडेल्धुराका ८ वर्षीय बालक ५ दिनदेखि बेपत्ता
- बलात्कार आरोपी सिद्धबाबालाई ७ दिन थुनामा राख्न अदालतको आदेश
- गौरिका सिंहको कीर्तिमानी [फोटो फिचर]
- कर्मचारीकै कारण संघीयताको अवधारणामाथि प्रश्न उठेको छ : प्रचण्ड
- बहसमा सेना १- किन हुन सकेन नेपाली सेनाको पुनर्संरचना?
- हैदराबाद बलात्कार काण्डः इन्काउन्टर स्पेसलिस्ट, जसले हानेका थिए चार आरोपीलाई गोली
- गौरिकाले जितिन् दोस्रो स्वर्ण
- सत्तापक्षकै सांसदको आरोप– राज्य सिंहदरबारमै पर्खाल थप्दैछ, सीमाका विषयमा गम्भीर छैन
- जनकपुरमा साग उद्घाटन [फोटो फिचर]
- साग क्रिकेट : नेपालद्वारा माल्दिभ्स ८४ रनले पराजित
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- हारभित्रको कथा : नेपाली बाआमाकी भारतीय छोरी!
- साग फुटबल : खेल तालिकामै नेपालबाहेक सबै देशको विरोध
- पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढ्यो
- धरानमा किन हार्यो नेकपा?
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- पतिसँग ८ मतले पराजित अच्छेलाल पत्नीसँग ११ मतले हारे
- वडा अध्यक्षमा कुन पार्टी कति ठाउँमा विजयी? (अपडेट)
- उपनिर्वाचनमा पूर्वमाओवादीलाई ‘धोका’
- विश्वको खतरनाक एयरलाइन्समा तारा एयर
- गोल्ड मेडल जितेपछि भावुक भइन् आयशा
- कांग्रेसले जितेको प्रचार भएको बाजुरा त्रिवेणी १ नेकपा विजयी
- भारतीय खेलाडीलाई दिलाइएको हार!
- शिथिल अर्थतन्त्रको ओदान: उत्पादकत्व, प्रतिस्पर्धा र लगानी
- मतदान सम्पन्न, मत गणना आजैदेखि
- कास्की बम विष्फोट : सुरक्षा व्यवस्था फितलो भएको भन्दै डिएसपीको सरुवा
- त्यो अङ्गालो : सागमा पदक जितेका एक दर्शक!
- कास्की क्षेत्र नं. २ नेकपा अघिअघि, पछ्याउँदै कांग्रेस
- विराटनगर जुट मिल्स घोटाला २: राजपा नेता अनिलकुमार झालाई भ्रष्टाचारमा मुद्दा चलाउन न्यायिक आयोगको सिफारिस
- नेपालको गुमेको दुई अंक
- साग खेलकुद : सोमबार कुन खेल कहाँ?