• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
जिक्सर, एफजेडएस भी-२, आरटिआर-१६० फोर-भीमध्ये कुन उपयुक्त मोटरसाइकल?
64x64
नेपाल लाइभ बिहीबार, भदौ १९, २०७६  ०९:२२
1140x725

काठमाडौं- दुईपांग्रे सवारी युवाहरुको रोजाइमा पर्ने गरेको छ। सार्वजनिक यातायातमा विश्वसनीय नहुनु, उपलब्धतामा असहजता लगायत कारणले दुईपांग्रे सवारी अझ बढी लोकप्रिय बनेको हो। नेपालमा १५०/१६० सिसी सेगमेन्टका मोटरसाइकललाई पावर फुल सेगमेन्टको रुपमा लिइन्छ।

यो सेगमेन्टअन्तर्गत रहेका विभिन्न कम्पनीका तीन मोडल सुजुकी जिक्सर, यामाहा एफजेडएस भी-२, टिभिएस अपाची आरटिआर-१६० फोर-भी मोटसाइकल नेपाली बजारमा रुचाइएको मोटरसाइकलमा पर्छन्। चुस्त ब्रेक, ह्यान्डेलिङ क्षमता, स्मुथ गियरबक्स लगायतका विशेषताका कारण यी मोटरसाइकल ग्राहकको रोजाइमा पर्ने गरेका हुन्।

इन्जिन, विशेषता, मूल्यमा धेरै समानता रहेका यी मोटरसाइकलमध्ये नेपाली बजारमा यामाहा एफजेडएस सबै भन्दा धेरै बिक्री भएको देखिन्छ भने अपाची आरटीआर-१६० फोर-भी दोश्रो र जिक्सर तेस्रोे स्थानमा रहेको छ। यी तीन मोटरसाइकलमा उपलब्ध इन्जिन क्षमता, विशेषताबारे यहाँ उल्लेख गरिएको छ। यसैका आधारमा उपभोक्ताले आफूलाई उत्कृष्ट लागेको मोटरसाइकल रोज्न सक्छन्।

इन्जिन
सुजुकी जिक्सरमा १ सय ५५ सिसी एयर कुल्ड एसओएचसी टु भल्भ इन्जिन छ। यसले ८ हजार आरपिएममा १४.१ पिएस पावरका साथै ६ हजार आरपिएममा १४ एनएम टर्क उत्पादन गर्छ। यसमा पाँच स्पिड गियरबक्स उपलब्ध रहेको छ।

त्यस्तै अपाची आरटिआर १६० फोर-भीमा १ सय ५९.७ सिसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ। यो इन्जिनले ८ हजार आरपिएममा १६.५ पिएस पावर र ६ हजार ५ सय आर १४.८ एनएम टर्क उत्पादन गर्छ। यो मोटरसाइकलमा सुपर स्लिक मेटेड ५ स्पिड गियरबक्स रहेको छ।

यामाहा एफजेडएस भी-२ मोटरसाइकलमा उपलब्ध १ सय ४९ सिसी एयरकुल्ड एसओएचसी दुई भल्भ इन्जिनले ८ हजार आरपिएममा १३.२ पिएस पावरका साथै ६ हजार आरपिएममा १२.८ एनएम टर्क उत्पादन गर्छ। यसमा ५ स्पिड गियरबक्स रहेको छ।

स्पेसिफिकेसन र तौल
सुजुकी जिक्सर-१५५ को लम्बाइ २०२० एमएम, चौडाइ ८ सय एमएम र उचाइ १ हजार ३५ एमएम रहेको छ। १ हजार ३ सय ५५ एमएमको ह्विल बेस र १ सय ६० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको तौल १ सय ४० किलोग्राम रहेको छ। यसको सिट हाइट ७ सय ९५ एमएम रहेको छ।

त्यस्तै, टिभिएस-१६० फोर-भीको तौल १ सय ४९ किलोग्राम रहेको छ। यसको लम्बाइ २ हजार ५० एमएम, चौडाइ ७ सय ९० एमएम र उचाइ १ हजार ५० एमएम रहेको छ। यसमा १ हजार ३ सय ५७ एमएमको ह्विल बेस छ भने १ सय ८० एमएमको ग्राउन्ड क्लियरेन्स छ। यसको सिट हाइट ८ सय एमएम रहेको छ।

यामाहा एफजेडएस भी-२ को लम्बाइ १ हजार ९ सय ९० एमएम, चौडाइ ७ सय ८० एमएम र उचाइ १ हजार ८० एमएम रहेको छ। १ सय ३७ किलोग्रामको यो मोटरसाइकलमा ह्विल बेस १ हजार ३ सय ३० एमएम र ग्राउन्ड क्लियरेन्स १ सय ६५ एमएम रहेको छ। यसको सिट हाइट ७ सय ९० एमएम रहेको छ।

विशेषताहरु 
टिभिएस-१६० फोर-भीमा रेसिङ डबल ब्यारल एक्जस्ट, रोट्रो पेटल डिस्क ब्रेक, फुल्ली डिजिटल स्पिडोमिटर, फोम इन प्लेस सिट, अग्रेसिप ट्यांक, आकर्षक हेडल्याम्प, इन्जिन कावलकोलगायत विशेषता छन्।

यामाहा एफजेडएस भी-२ मा बडी ग्राफिक्स, पास स्विच, डिजिटल स्पिडोमिटर, डिजिटल ट्रिपमिटर, डिजिटल फ्युल इन्डिकेटर, सेटअप सिट, प्यासेन्जर फुटरेस्ट तथा फ्ल्याट टायरलगायतका विशेषता उपलब्ध छन्।

त्यस्तै, सुजुकी जिक्सर-१५५ मा स्पोर्टी टेल प्यानल, डबल स्पोर्टी साइलेन्सर, मोनो सस्पेन्सन, डिजिटल मिटर, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक तथा डिस्क ब्रेक, एलइडी हेडलाइटजस्ता सुविधा छन्।

मूल्य
नेपाली बजारमा यी तिनै बाइकको मूल्य समान २ लाख ८५ हजार ९ सय रुपैयाँ रहेको छ। समान मूल्यले यी मोटरसाइकल निक्कै प्रतिस्पर्धी रहेको देखाउँछ।

पछिल्लो समय युवा पुस्ताको रोजाइमा पनि यीनै मोटरसाइकल पर्ने गरेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  ०९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु सोमबार, असार १६, २०८२
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना सोमबार, असार १६, २०८२
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु सोमबार, असार १६, २०८२
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्