• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

पञ्चपुरी नगरपालिकाको गैरकानुनी कार्य : ५ युवा १८ दिनदेखि कोरिया विमानस्थलमा अलपत्र

दलाललाई जिम्मा लगाएर भारत हुँदै पठाइयो
64x64
नेपाल लाइभ शनिबार, भदौ १४, २०७६  १३:५५
1140x725

सोल- क्षेत्राधिकारभन्दा बाहिर गएर सुर्खेतको पञ्चपुरी नगरपालिकाले अवैध बाटोबाट दक्षिण कोरिया कामदार पठाउँदा ५ युवा अलपत्र परेका छन्।

मौसमी कामदारको रुपमा कोरिया प्रवेश गर्न लागेका ५ नेपाली युवा १८ दिनदेखि यहाँको इन्छन विमानस्थलमा अलपत्र परेका हुन्। पञ्चपुरी नगरपालिकाले कोरियाको ख्यङगीदो प्रान्तको पोछन नगरपालिकासँग ३ महिनाका लागि मौसमी नेपाली कामदार पठाउने सम्झौता गरे पनि नगरपालिकाले गैरजिम्मेवारीपूर्वक दलाललाई जिम्मा लगाएको पाइएको छ। स्थानीय तहलाई कामका लागि युवा विदेश पठाउने क्षेत्राधिकार नभए पनि युवाहरुलाई कोरिया पठाइएको हो।

दुवै देशका नगरपालिकाहरुबीच आपसमा सम्झौता गरेर तोकिएको समयमै नेपाली कामदार कोरिया पठाउनुपर्नेमा पञ्चपुरी नगरपालिकाले दलाललाई जिम्मा दिएर प्रक्रिया लम्ब्याएको पाइएको छ। विमानस्थलमा कामदार अलपत्र परेको समाचार कोरियाका स्थानीय पत्रिकाले प्रकाशित गरेका छन्। साथै, दुई नगरपालिकाबीच कामदार आपूर्ति गर्ने सम्झौता भएको पनि समाचारमा उल्लेख छ। समयावधि सकिएर कोरिया पुगेका कामदारलाई विमानस्थलले रोकेको हो। 

कोरिया सरकारले नेपाली कामदारसँग गत अप्रिल २० भित्रै कोरिया प्रवेश गर्नुपर्नेगरी सी-फोर भिसामा सम्झौता गराएको भए पनि नगरपालिकाको लापरबाहीका कारण ती युवा तीन महिना ढिलो अगस्ट १३ मा मात्र कोरियास्थित इन्छन विमानस्थल उत्रिएको कोरियास्थित अध्यागमन कार्यालयले जनाएको छ। 

यसअघि अप्रिल २० भित्रै कोरिया प्रवेश गराउन नगरपालिकाले प्रयास गरेको थियो। पञ्चपुरी नगरपालिकाले स्थानीय युवाका साथै बाहिरी जिल्लाका युवालाई पनि सिफारिस गरेको थियो। उनीहरुलाई समयमै पठाउन प्रयास गरिए पनि नेपालस्थित अध्यागमनले त्रिभुवन विमानस्थलले रोकेको थियो। गलत कागजपत्र पाइएपछि ती २८ जनालाई विमानस्थलले गत महिना रोकेको थियो। 

नेपालबाट सम्भव नभएपछि दलालले नै सेटिङ मिलाएर १३ जना नेपालीलाई तोकिएको समयभन्दा ढिलो गरी भारतमार्फत कोरिया पठाएका थिए। अगस्ट १२ मा भारतको कलकत्ता विमानस्थलबाट उडाएर अर्को दिन अर्थात् अगस्ट १३ मा मात्रै उनीहरु कोरिया उत्रिएका थिए। तर, कोरियास्थित इन्छन अन्तर्राष्ट्रिय विमानस्थलले निहरुको भिसा यसअघि नै रद्द भइसकेको भन्दै प्रवेश गर्न नदिएपछि उनीहरु अलपत्र परेका हुन्। 

विमानस्थलमा अलपत्र परेको १८ दिन बितिसक्दा पनि कतैबाट उनीहरुले सहयोग पाउन सकेका छैनन्। अंग्रेजी भाषा पनि कमजोर रहेका ८ नेपाली आफ्नै खर्चमा नेपाल फर्किसकेका छन् भने ५ जना विमानस्थलमै रहेको बताइएको छ। 

दलालमार्फत आएका उनीहरुका विषयमा आफूहरुले केही गर्न सक्ने अवस्था नरहेको सोलस्थित नेपाली दूतावासको तर्क छ। नगरपालिकाले आफ्नै तरिकाले सम्झौता गरेर पठाएकाले उनीहरुको विषयमा दूतावास जिम्मेवार नरहने दूतावासको भनाइ छ। आफ्ना नागरिकको विषयमा सहयोग गर्ने दायित्व भएकाले सरकारले निर्देशन दिएको खण्डमा सोही अनुसार गरिने उद्धारको कार्य गरिने दूतावास स्पष्ट पारेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अलपत्र परेका ५ जनामध्येका एक रामबहादुर थापाले भिसाको अवधिबारे पूर्वजानकारी नपाउँदा कोरियामा अलपत्र परेको जनाएका छन्। पीडित थापालाई उद्धृत गर्दै दूतावासले जनाए अनुसार उनीहरुले यसको दोष पोछन नगरपालिकालाई लगाएका छन्। भिसा रद्द गरिदिएको सूचना समयमा नदिएका कारण आफूहरु अलपत्र परेको पीडित युवाको भनाइ छ।

कोरियन वकिलको सहयोगमा पोछन नगरपालिकाविरुद्ध मुद्दा लड्ने आसय उनीहरुले दूतावाससँग व्यक्त गरेको दूतावासका कर्मचारी उद्धव न्यौपानेले जानकारी गराए। 

तर,  पोछन नगरपालिकाले भने तोकिएको समयमा कामदार उपलब्ध नगराएपछि उनीहरुको भिसा रद्द गरिएको जनाएको छ। यस विषयमा नगरपालिकाले नेपाल सरकारलाई पत्र लेख्दै यस्तो हुनुको कारण माग गरे पनि अहिलेसम्म जवाफ नआएको जनाएको छ। 

भिसा रद्द भइसकेका उनीहरुलाई पुन: भिसा लगाउन नसकिने भएकाले सकेसम्म छिटो नेपाल फर्किन यहाँको अध्यागमनले आग्रह गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रोजगार व्यवस्थापन शाखाका प्रमुख तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले नेपाली कामदारहरुलाई नगरपालिका तथा गाउँपालिका लगायत स्थानीय तहहरुले आफूखुसी सम्झौता गरेर नेपाली कामदार पठाउन नमिल्ने बताए। ‘कोरिया रोजगारीमा नेपाली कामदार पठाउन सरकारले इपिएस शाखा खडा गरेको छ, सोही शाखाले कोरियाली सरकारको माग अनुसार नेपाली कामदारको आपूर्ति गर्न सहजीकरण गर्दै आइरहेको छ,’ सहसचिव ढुंगानाले भने। 

गैरकानुनी रुपमा कामदार पठाउन मुख्य भूमिका खेलेका पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले नेपाल लाइभसँगको कुराकानीमा आफ्नो बचाउ गरे। क्षेत्राधिकारभन्दा बाहिर गएर कामदार पठाइएको बारे उनले भने, ‘संघ र प्रदेश सरकारसँग बुझ्दा नमिल्ने जानकारी पाएँ। नगरपालिकामार्फत पठाइएको छैन।’ कोरियाबाट पोछन नगरपालिकाले कामदार पठाउन पत्र पठाएको भने उनले जानकारी गराए। 

थापाको गैरकानुनी कार्यलाई स्याङ्जास्थित गल्याङ नगरपालिका मेयर भूपराज अधिकारीले पनि सघाएको बुझिएको छ। अधिकारीले आफ्नो नगरपालिकाभित्रका आधा दर्जन युवायुवतीलाई कोरिया पठाउन कागजात गरिदिएका थिए। गल्याङ नगरपालिकाबाट मौसमी कामदार भई कोरिया जान लागेका तर असफल भएका एक पीडितले भने, ‘कृषि कामका लागि जान लागिएको थियो। अध्यागमनले फिर्ता गर्‍यो।’ 

मेयर अधिकारीले स्याङ्जा र दाङका युवालाई समेत कामदारका रुपमा पठाउन सिफारिस गरेका थिए।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्