• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

भारतमा बलात्कार प्रयासपछि नेपाली बालिकाको हत्या, न्याय खोज्दै चँदारा परिवार

64x64
नेपाल लाइभ मंगलबार, भदौ १०, २०७६  १४:१५
1140x725

नयाँ दिल्ली- कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटना प्रकरण एक वर्ष नाघिसक्दा पनि चर्चामै छ। प्रहरीले विभिन्न अनुसन्धान समिति बनाए पनि दोषी अझै पत्ता लाग्न सकेको छैन। सामाजिक सञ्जाल तथा मुलधारका मिडियामा निर्मला प्रकरणले निकै 'स्पेस' पायो। 

यसैबीच भारतमा बलात्कार प्रयासपछि एक ९ वर्षीया नेपाली बालिकाको हत्या भयो। तर, निर्मला प्रकृतिकै उक्त घटनाबारे खासै कसैको ध्यान तानेन। कारण मिडियामा यस घटनाले जति स्थान पाउनुपर्ने हो, त्यो पाएन। 

कसरी भयो घटना?
कामको खोजीमा साढे ३ वर्षअघि बाजुराको बुढीगंगा १ कुँडीबाट भारत पसेका थिए, देव चँदारा। बाजुरामा गुजारा गर्न गाह्रो भएपछि उनी एक्लै होइन पत्नी शान्ति, २ छोरा र २ छोरीसहित भारत आउन बाध्य भएका थिए। र, त्यहीँबाट सुरु भयो उनका दुःखका शृंखलाहरु।

नेपालका होस्टेल जस्तै भारतमा पिजी (पेइङ गेस्ट) हरु सञ्चालित छन्। भारतीय नागरिक बसिम अहमदले ३ वटा पिजी सञ्चालन गर्दै आएका थिए। सनु भनेर चिनिने बसिम अहमद मुस्लिम हुन्। बसिमको पूर्वी दिल्लीको सक्कपुरस्थित डि ब्लक १ सय १३ ए नम्बरको घरमा ड्युटी गर्दै आएका थिए, बाजुराका देव चँदारा। ४३ वर्षका उनीसँगै पत्नी शान्ति पनि थिइन्। दुवैलाई खान र बस्नको सुविधा दिइएको थियो। छोरा लक्ष्मीनगरस्थित एक होस्टलमा मजदुरी गर्थे।  

देवले होस्टेलमा सरसफाइको काम गर्थे भने शान्तिले होस्टेलमा बस्नेहरुलाई खाना पकाउँथिन्। 

साउन ५ गते घडीमा साढे १२ बजेर १० मिनेट गएको थियो। शान्तिले होस्टेलमा खाना पकाइरहेकी थिइन्। ९ वर्षिया सानी छोरी लक्ष्मी उनी खाना पकाइरहेको कोठामा पसिन्। पानीको बोतल लिएर एकैछिनमा फेरि आफू बास बस्ने कोठामा फर्किइन्।

दिल्लीको तातो गर्मीमा काम गरिरहेका देव पनि त्यसैबेला कोठामा फर्किंदै थिए। घरको गेटबाट बाहिर निस्किँदै गरेका मालिक बसिमसँग देवको ठ्याक्कै जम्काभेट भयो। 

'अर्को बिल्डिङको सफाइ भयो कि भएन?' बाइकलाई बिस्तारै हाँकिरहेका बसिमले सोधे। 

Ncell 2
Ncell 2

'भयो,' बिस्तारै पाइला चालिरहेका देवले जवाफ दिए। 

देव जब आफ्नो कोठाभित्र पसे, ९ वर्षिया सानी छोरी लक्ष्मी भुइँमा लडिरहेकी थिइन्। उनले ठाने– छोरी निदाएकी छिन्। सुस्तरी उनले छोरीलाई भने 'बाबु, माथी गएर चिसो पानी लिएर आऊ न।’

बलात्कार प्रयासपछि हत्या गरिएकी बालिका

छोरीले कुनै हलचल नगरेपछि उनले समातेर झकझक्याए। आत्तिदै पत्नीकहाँ पुगेर देव चिच्याए, 'छोरीलाई के भयो, तुरुन्त कोठामा आऊ।’ होस्टेलमा बस्ने विद्यार्थीहरु पनि हत्तारिँदै उनको कोठामा पसे। सानी छोरीलाई हातमा लिँदै देव र शान्ति रुवाबासी गर्न थाले। यो घटनाले एकाएक माहोल अर्कै भइदियो।

टुप्लुक्क त्यही बेला घर मालिक बसिम आइपुगे। होस्टेलमा काम सुरु गर्नुअघि मालिकसँग देवले परिचय दिँदा आफ्नो नाम दीपक भनेर बताएका थिए। बोलाउन सजिलो होस् भनेर उनले नयाँ नाम बताएका थिए। बसिमले सबै कुरा थाहा पाएझैं गरेर देवलाई भने, 'दीपक, यार लड्की (लक्ष्मी) को सास लिनेमा थोडा तकलिफ हे। हस्पिटल ले चल्ते हेँ (बच्चीलाई सास फेर्न गाह्रो भयो। हस्पिटल लैजाऔं न)।'  

देवको हातबाट खोसेर छोरी लक्ष्मीलाई हस्पिटलसम्म उनै बसिमले पुर्‍याए। जाने बेला भने दुवै जना सँगै हस्पिटल गए। वालिया नर्सिङ एन्ड म्याटरनिटी होमका डाक्टरले त्यहाँ पुगेको केही बेरमा लक्ष्मीको मृत्यु भइसकेको घोषणा गरिदिए। मृत्यु त पहिल्यै भइसकेको थियो। त्यसमाथि डाक्टरले औपचारिक रुपमा घोषणा गरिसकेपछि त पत्याउन करै लाग्यो। 

डाक्टरको कुराले देव गहिरो चोटमा परे। 

मृत्युको घोषणा गर्नुअघि 'बच्चीलाई के बिराम थियो कि?' भनेर डाक्टरले सोधेका थिए।

‘त्यस्तो बिरामी केही थिएन। बिहानसम्म सबै ठिकठाक थियो,’ देवले जवाफ दिए। शंकाको आसय राखेर डाक्टरले सुनाए, ‘यो मर्डर केस पनि हुन सक्छ। यसमा त पुलिस केस लाग्छ।’

नयाँ दिल्लीको राणा प्रतापबागस्थित उनले आश्रय लिइरहेको एकतले घरको बस्न पनि असहज लाग्ने सानो कोठामा कुराकानी गरिरहँदा देव निकै भावुक मुद्रामा थिए। त्यो दिनको घटना सम्झिँदै देवले बेलिविस्तार लगाए।  

पीडित चँदारा दम्पती आफ्नो कोठामा

आफै फस्ने डरले हो वा आफ्नो गल्ती ढाकछोप गर्ने उद्देश्यले बसिम आफैले तुरुन्त प्रहरीलाई फोन गरे। पुलिसले मृतक लक्ष्मीको पोस्टमार्टम गर्नुपर्ने बताए। समय अभावले त्यो दिन पोस्टमार्टम हुन सकेन। भोलिपल्ट प्रहरीको ठूलो जत्था एकाएक होस्टेल आएर घेर्‍यो। र, घटना भएको दिनको सिसिटिभी फुटेज माग्यो। 

फुटेज हेर्दै गएपछि होस्टेल सञ्चालक बसिमले नै हत्या गरेको प्रमाणित भयो। र, उनी तुरुन्त पक्राउ परे। 

यतिखेर ९ वर्षीया लक्ष्मीका हत्यारा बसिम थुनामा छन्। ‘बलात्कारको प्रयास गर्दा नमानेपछि आफूले हत्या गरेको’ बसिमले स्वीकारिसकेका छन्। हत्या र बलात्कारको दुवै मुद्दा लागेर थुनामा रहेका बसिमले घाँटीमा औंला अड्काएको छाप र बलात्कार गर्ने प्रयासमा गुप्तांग वरपर चोट बनाएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। 

बिचल्लीमा चँदारा वरिवार
नयाँ दिल्ली प्रहरीले लक्ष्मीका हत्यारा बसिमलाई पक्राउ गरेपछि उनका सबै पिजी (होस्टेल) मा छापा मारेर बन्द गराएको छ। 

रोजगारीका लागी भारत पसेका देव र उनको परिवार यतिबेला बिचल्लीमा परेको छ। न खानको टुंगो छ, न बस्नको। यतिबेला अर्कैको कोठामा उनीहरु आश्रय लिइरहेका छन्। ९ वर्षकी कलिली छोरी गुमाउनुको पीडा त एकातिर छँदैछ, अर्कोतिर रोजीरोटीको माध्यम पनि ठप्प बन्द भएको छ। 

‘हामीलाई जसरी हुन्छ, न्याय चाहियो,’ भोक र निद्रा हराएपछि मृतक लक्ष्मीकी आमा शान्तिले रुँदै बिलौना गरिन्, ‘एकातिर छोरी गुमायौं। गरिखाने बाटो पनि गुम्यो।'

चँदारा परिवार

मेरुदण्डको हड्डी टुटेपछि उनी आफै पनि उपचार गराइरहेकी छिन्। उपचार गर्न, औषधि किन्नसमेत ऋण लिनुपरेको छ। बाजुरामा बस्ने छोरालाई पनि नयाँ दिल्लीमै बोलाएपछि यतिखेर ३ छोरा र सानी एक छोरीसँगै बस्दै आएका छन्। भारत सरकारबाट क्षतिपूर्ति दिलाइदिने आश्वासन पाए पनि अझै चँदारा दम्पतीले क्षतिपूर्ति पाइसकेका छैनन्। 

भारत सरकारबाट क्षतिपूर्ति पाउनका लागि चँदारा दम्पतीलाई केही प्राविधिक कठिनाइ छ। भारतीय बैंकमा आफ्नै निजी खाता भएपछि मात्र त्यसैमा रकम जम्मा गरिदिने प्रचलन छ। बैंक खाता खोल्नका लागि भारतको आधार कार्ड हुनुपर्छ। आधार कार्ड पाउन उनीहरुको मापदण्ड पुग्दैन। भारतीय प्रहरीबाट रिपोर्ट बनाएपछि बैंकमा खाता खोल्न सकिने भए पनि चँदारा दम्पती आफै दौडधुप गर्न सकिरहेका छैनन्। 

लक्ष्मीको हत्या भएपछि भारतस्थित नेपाली संघ, संगठनहरुले न्यायका लागि नेपाली राजदूतावासलाई गुहारेका छन्। नेपालीहरुकै सहयोगमा भारतको प्रहरीसमक्ष मुद्दा दर्तासमेत भइसकेको छ। नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय महासचिव खगेन्द्रबहादुर सिंह र अधिवक्ता रतन शाही पीडितको न्यायका लागि खटिरहेका छन्। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले पनि यस घटनामा पीडितलाई न्याय दिन पहल गरिरहेको छ। 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्