काठमाडौं- माघ शुक्ल पूर्णिमा अर्थात बुधबार साँझ खग्रास चन्द्रग्रहण लाग्यो। यो ग्रहण अन्य समयको ग्रहण जस्तो सामान्य खगोलीय घटना मात्रै थिएन।
हिजोकोे चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रो अनुसार एकै महिनामा दुई पटक पूर्ण चन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।
यो दुर्लभ खगोलीय घटना १ सय ५२ वर्षपछिको भएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए। यसअघि सन् १८६६ मार्च ३१ तारिखका दिन यस्तै घटना भएको थियो।

बुधबार साँझ पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकामा नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणको मध्यकाल सात बजेर १७ मिनेटमा भयो। आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिएको समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए।
यो विशेष घटनालाई अफ्रिकाका केही देशबाहेक विश्वभरबाट हेरिएको थियो। संसारका विभिन्न स्थानबाट देखिएको चन्द्रग्रहणका दृश्यहरुः




























नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।