सोल- कोरियाको बुसानमा कार्यरत एक नेपाली झुन्डिएको अवस्थामा भेटिएका छन्।
मृतक काभ्रे जिल्ला बेथानचोक ३ लप्सीबोट घर भई ६ वर्षदेखि यहाँ कार्यरत केदार तिमल्सिना रहेको काभ्रे सम्पर्क समितिका अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिए।
कोरियाको पहिलो पाँचवर्षे कार्यकाल पूरा गरी केदार पुन: सिबिटी परीक्षा दिएर कोरिया आएका थिए। मृतकका घरमा श्रीमती र एक महिनाको छोरा रहेको बताइएको छ। मृतकको शव पोस्टमार्टमका लागि बुसानस्थित एक स्थानीय अस्पतालमा राखिएको छ।
घटनाका विषयमा मौखिक जानकारी आए पनि प्रहरीबाट कागजातहरु आइनसकेको सोलस्थित नेपाली दूतावासले जनाएको छ।
कागजात आइसकेपछि आवश्यक प्रक्रिया अघि बढाइने कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।