टोरोन्टो- क्यानडाको ग्रेटर टोरोन्टो क्षेत्रमा बस्ने नेपाली समुदायका ६८ बालबालिकाले ४ महिना लामो सकर प्रशिक्षण लिएका छन्।
७ देखि १४ वर्षका यी नेपाली बालबालिकालाई टोरोन्टो नेप्लिज स्पोर्टस क्लबले प्रशिक्षण दिएको हो।
खेलकुदमा बालबालिकाको क्षमता विकास होस् र नेपाली समुदायको दोस्रो पुस्तामा आपसी सम्बन्ध घनिष्ठ होस् भन्ने उदेश्यले यो प्रशिक्षण आयोजना गरिएको क्लबका महासचिव रविन्द्र लम्सालले बताए।
'प्रशिक्षितमध्ये केहीले व्यावसायिक खेल करियर नै सुरु गर्न सकुन् भन्ने हाम्रो उदेश्य हो,' लम्सालले भने।
![](https://nepallive.com/uploads/files/soccer.jpg)
आइतबार प्रशिक्षणको औपचारिक समापन गर्दै सहभागी खेलाडीलाई ट्रफी प्रदान गरिएको छ।
समापन कार्यक्रममा क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगाना, एनआरएनका केन्द्रीय उपाध्यक्ष कुल आचार्य र क्यानडा एनआरएनका अध्यक्ष चिरञ्जीवी घिमिरेलगायतले प्रशिक्षित बालबालिकालाई हौसला प्रदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।