न्युयोर्क– अमेरिकाको न्युयोर्कमा आयोजित ब्लक पार्टी, स्ट्रिट फेस्टिवलमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरिएको छ । क्वीन्स नेप्लिज लायन्स क्लबले फेस्टिबलमा स्टल नै राखेर भिजिट नेपाल–२०२० बारे प्रचार गरेको हो ।
कार्यक्रममा नेपालको परिचयका साथै भ्रमण वर्ष बारे पर्चा, पम्प्लेट र पुस्तिका समेत बाँडिएको क्वीन्स नेप्लिज लायन्सका अध्यक्ष पुरुषोत्तम पन्थीले जानकारी दिए ।
प्रचार सामग्रीमा विश्व सम्पदा सूचिमा सुचिकृत नेपालका स्थान, ट्रेकिङ, साहसिक खेल, राष्ट्रिय निकुञ्ज, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथा, विभिन्न ताल, मुक्तिनाथ लगायतबारे जानकारी राखिएको थियो ।
कार्यक्रममा क्लवका अध्यक्ष पन्थीले सिनेटर रामोस र उनको टिमलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै सहयोगका लागि आग्रह समेत गरेका थिए ।
कार्यक्रम सफल पार्न पूर्व जिल्ला गभर्नर ओजी टोरेस, पूर्व अध्यक्ष मंगलदास श्रेष्ठ, उपाध्यक्ष बिमला गुरुङ्ग, बाबु गुरुङ्ग, कोषाध्यक्ष राजेन्द्र खड्का, क्लव मेम्वर अध्यक्ष मीना पन्थी, लायन्स क्लब अफ क्वीन्स वुद्वका अध्यक्ष अर्जुन गौडेल, चार्टर प्रेसिडेण्ट कृष्ण आचार्यलगायत सक्रिय भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।