कैलाली– भालुको पित्त र जडिबुटीसहित कैलालीमा एक जना पक्राउ परेका छन्। जुम्ला सुनिगाँग–८ बस्ने ६५ वर्षीय सुनम धिताललाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) सुप र सेती अञ्चल अनुसन्धान समुहको संयूक्त टोलीले धनगढी उपमहानगरपालिका–२ बाट उनलाई पक्राउ गरेको हो। टोलीले उनको साथबाट ७० ग्राम भालुको पित्त र रक्तचन्दन, पदमचाल, कुटुकी, सतुवा, हिङ, निलबिसी र शिलाजित लगायतका जडिबुटी बरामद गरेको छ।
उक्त अबैध जडिबुटीहरु कुन ठाँउबाट आयात गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको क्षेत्रीय प्रहरी प्रमुख माधव नेपालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।