काठमाडौं– मदिरा पिएपछि भएको झगडामा बालाजुमा तीन जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ।
बालाजु चोकनजिकै शनिबार राति करिब साढे ९ बजे दुई समूहबीच झगडा भएको थियो। झगडापछि घर जान लागेका तीन युवालाई अर्काे समूहले अन्धाधुन्द खुकुरी हानेका थिए। खुकुरी आक्रमणमा परी सुरज थापा, सुरज लामिछाने र मानबहादुर घले घाइते भएका हुन्। थापाको अवस्था गम्भीर छ।
महानगरीय प्रहरी वृत्त, बालाजुका डिएसपी विश्वराज खड्काअनुसार अनुसार घाइतेमध्ये लामिछाने बसका चालक हुन् भने अन्य दुई सहचालक हुन्। मदिरा पिएपछि अर्काे समूहसँग झगडा भएको र उनीहरुले खुकुरी हानेको पीडितहरुले बताएका छन्।
आक्रमणमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।