भैरहवा- प्रदेश नम्बर ५ काे प्रदेश सभा नेकपाका प्रमुख सचेतक तथा नेकपाका नेता भूमिश्वर ढकालको घरमा राति पेट्रोल बम विस्फाेटन गराइएकाे छ।
ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ। ढकाल गम्भीर बिरामी परेर काठमाडौंमा उपचारका लागि (मेडिसिटी अस्पताल) भर्ना भएका बेला यहाँ घरमा आक्रमण भएको हो।
सैनामैना-८ रामापुर कलौनीमा रहेको उनको घरमा पत्नी, बाबा-आमालगायत छन्।
उनी सुत्ने कोठासम्मै बम प्रहार भएको तर त्यो विष्फोट नहुदा मानवीय क्षति जोगिन पुगेको छ।
उनले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको छ। गाडीकाे पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।