काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको हो ।
पोखराका लागि अर्जुन घर्तीले अविजित ४० रन बनाए । विपिन खत्री पाँच रनमा नटआउट रहे । पोखराले अन्तिम ओभरमा दुई चौका र एक छक्का प्रहार गर्दै स्कोरमा महत्त्वपूर्ण रन थपेको थियो ।
अब सुदूरपश्चिम रोयल्सले जितका लागि १४६ रन बनाउनुपर्नेछ । पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको सुदूरपश्चिम यस खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्न चाहन्छ ।
पोखराका लागि भने यो प्रतियोगिताको पहिलो खेल हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।