बारा– पेस्तोल कारोबारको आरोपमा पक्राउ परेका एक युवकसँग १४ वटा मोबाइल प्रहरीले फेला पारेको छ। बारागढी गाउँपालिका–१ बसतपुरटोल बस्ने ३२ बर्षीय धर्मेन्द्र प्रसाद यादवलाई प्रहरीले १ थान कटुवा पेस्तोल, २ राउण्ड गोली र विभिन्न कम्पनीका १४ थान मोबाईल सहित पक्राउ गरेको हो।
यादवले पेस्तोल र मोवाइलहरु विक्री गर्न लिएर हिडेको अवस्थामा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। उनी पेशेवर अपराधी भएको एक प्रहरी अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।