• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल रेडक्रसमा विवाद थप चुलिँदै, प्रशासनलाई थापा नेतृत्वको चुनौती

64x64
नेपाल लाइभ बिहीबार, साउन ३०, २०७६  ०५:२५
1140x725

काठमाडौं- परोपकारी संस्था नेपाल रेडक्रस भित्रको विवाद थप गहिँरिदै गएको छ। संस्थाभित्रको अनियममिता घटना छानबिनकै क्रममा साधारणसभा डाकेपछि विवाद थप बल्झिँदै गएको छ। 

पद्धतिभन्दा बाहिर गई वर्तमान कार्यसमिति अघि बढेको भन्दै अख्तियारमा उजुरी परेको छ। परराष्ट्र र गृह मन्त्रालयसहित जिल्ला प्रशासन कार्यालयमा पनि वर्तमान कार्यसमिति विरुद्धमा उजुरी परेका छन्। ती निकायले संस्थाको विरुद्धमा परेको भ्रष्टचार र अनियमिततालाई छानबिन गर्दागर्दै साधारणसभा डाकिएको थियो।

प्रशासनलाई अटेरी
सञ्जीव थापाको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिले बैशाख २३ देखि २५ सम्म साधारणसभा बोलाएको थियो। जिल्ला प्रशासनमा थापाको कार्यसमितिले गरेका अनियमितता विरुद्धमा उजुरी परेकाले उक्त साधारण सभा स्थगित गर्न प्रशासनले पत्र लेखेको थियो। केन्द्रीय गोदाम निर्माणको जग्गा खरिद, केन्द्रीय रक्तसञ्चारको नयाँ भवन निर्माण र विभिन्न जिल्लामा खानेपानीको आयोजनामा व्यापक भ्रष्टचार र अनियमितता गरेको भनि प्रशासनमा उजुरी परेको छ।

बैशाख २२ गते पत्र लेखी प्रशासनले कार्यसमितिका पदाधिकारी विरुद्धमा परेको उजुरीको छानबिन भइरहेको अवस्थामा साधारणसभा स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष हुन नसक्ने भनी साधारण सभा स्थगित गरेको थियो। 

सुनसरीको धरानमा गर्न लागेको साधारण सभालाई अर्को आदेश नभएसम्मका लागि स्थगित गरिएको थियो। थापा नेतृत्वको कार्यसमितिले प्रशासनको आदेशलाई लत्याइदियो। धरानमा हुन नसकेको साधारण सभाका लागि मंगलबारदेखि हुने गरी काभ्रेमा स्थान तय गरिएको थियो। जिल्ला कार्यसमितिलाई साउन ४ मा दोश्रोपटक साधारण सभाका लागि पत्र काटिएको थियो। 

मंगलबार हुने गरी बोलाइएको साधारण सभा स्थगित गर्न आइतबार (साउन २६)मा प्रशासनले पत्र काटेको थियो। अर्को आदेश नभएसम्म साधारण सभा नबोलाउन पत्राचार गरेको प्रशासनलाई थापाले चुनौती दिर्दै दोश्रोपटकलाई सभा बोलाएका थिए। 

वर्तमान कार्यसमितिको वैधानिकताका विषयमा सर्वोच्च अदालमा मुद्दा विचाराधीन छ। भ्रष्टचार तथा अनियमितताको अनुसन्धान तथा सर्वोच्चमा मुद्दा विचार रहेको समयमा साधारण सभा बोलाई प्रशासनलाई अटेरी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको ठहर छ। साधारण सभा बोलाएको नेपाल रेडक्रसले संस्था दर्ता ऐनलाई उल्लंघन गरेको प्रशासनको निचोड छ। रेडक्रसलाई प्रशासनले लेखेको पत्रमा ‘साधारण सभा बोलाई निर्देशन पालना नगरेकोले संस्था दर्ता ऐन २०३४ को दफा १२ को उपदफा ४ बमोजिम कारबाहि किन नगर्ने?’ प्रश्न गरिएको छ। २४ घन्टाभित्र स्पष्टिकरण बुझाउन प्रशासनले निर्देशन दिएको थियो। मंगलबार पत्रकार सम्मेलन गरि सोसाइटीले  निर्देशनात्मक पत्रबमोजिम  साधारण सभा स्थगित गरी त्यसको जवाफ पठाएको जानकारी गराइएको थियो। 

‘संस्था दर्ता ऐनको दफा  १२ बमोजिम कारबाही किन नगर्ने भनी पत्रमा उल्लेख भएकोमा हामी अझ बढी संवेदनशील भएका छौँ,’ पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘वार्षिक साधारण सभा रोकिनु आश्चर्यजनक हो। ५६ वर्षमा ४७ वटा महाधिवेशन निर्बाध रूपमा सम्पन्न भएको छ।’  

Ncell 2
Ncell 2
nimb
nimb

दैनिक कार्य सञ्चालनका लागि विनियोजन गर्ने बजेट स्विकृतिका लागि पनि साधारण सभा अपरिहार्य रहेको सोसाइटीको दाबी छ। सञ्चार निर्देशकले दिव्यराज पौडेलले भने, ‘बार्षिक बजेट तथा कार्यक्रम, रणनीति र रेडक्रस कानुनको विषयमा गर्न बैठक डाकिएको हो। नेतृत्वको परिवर्तन गर्नका लागि बोलाइएको थिएन।’ 

प्रशासनको पत्रको विषयमा गृह सचिव प्रेम कुमार राईसँग भेटेर कुरा गरेको मंगलबारको पत्रकार सम्मेलनमा थापाले दाबी गरेका थिए। तर, थापाले गृह सचिवसँग भेट गरेको भने सत्य नभएको बताइएको छ। 

प्रशासन विरुद्ध फेरि अदालत जाने चेतावनी
साउन २६ मा जिल्ला प्रशासन कार्यलय काठमाडौंले साधारण सभा स्थगित गर्न पत्र काटेपछि प्रशासनसँग सोसाइटीको वर्तमान नेतृत्व रुष्ट बनेको छ।  वैधानिक तवरबाट उपयुक्त निकास लिएको दाबी गरेको संस्थाले पुनः अदालत जाने निर्णय गरेको छ। प्रशासनको पत्रपछि आकस्मिक केन्द्रीय समितिको बैठक डाकेको सोसाइटीले पत्रको विरुद्धमा अदालत जाने निर्णय गरेको छ। मंगलबारको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले संस्थाको न्यायका लागि पुनः अदालत जाने बताए।

विधानतः वर्तमान कार्यसमितिको कार्यकाल गत बैशाखको मसान्तमा सकिएको छ। विशेष परिस्थितिमा एक वर्ष कार्यकाल थप्न सकिने व्यवस्था छ। बैशाख मसान्तमा कार्यकाल सकिएको जनाउँदै प्रशासनले जेठ ६ गते थापा नेतृत्वको कार्यसमितिलाई बर्खास्त गरेको थियो। कल्याणकारी कार्य र विपत व्यवस्थापनमा लागि बनेको संस्थामा भ्रष्टचारका उजुरी परेको भनी विघटन गरिएको थियो। प्रशासनले सोही दिन १७ सदस्यीय तदर्थ समिति गठन गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रशासनको निर्णयलाई चुनौती दिँदै थापा सर्वोच्च पुगे। न्यायाधीश प्रकाश राउतको इजलासले प्रशासनले गठन गरेको तदर्थ समितिलाई उल्टाइदियो। अन्तरिम आदेशको बलमा थापाको कार्यसमितिले पुनः बहाली पाएको छ। 

यसबीचमा थापासँग दर्जनौ पटक प्रशासनले स्पष्टीकरण लिएको छ। अर्कोतर्फ अन्तिम फैसलाको पेशी सर्वोच्चमा पटक पटक सरेको छ। 

असार १७ देखि थापा प्रतिवादी भएको मुद्धामा ९ पटक पेशी तोकिएको छ। यस विचमा ५ पटक ‘हेर्न नभ्याइने’ मा उक्त मुद्धा परेको छ। अब भाद्र १ लाई पेशी तोकिएको छ। कानुनी फर्म रहेको बखत रेडक्रसलाई कानुनी सल्लाह तथा विधान बनाउन सहयोग गरेका न्यायाधिस प्रकाशमानसिंह राउतले रेडक्रसवादी मुद्धा हेर्न नपाउने भएका छन्। उनै, राउतले प्रशासनले विघटन गरेको थापा नेतृत्वको पक्षमा अन्तरिम आदेश दिएका थिए। 

‘पदलोलुपताले संस्था धरासायी’
विगत ५६ वर्षदेखि नेपालमा रेडक्रस सञ्चालित छ। मानवीय सेवामा सञ्चालित संस्थामा वर्षौंसम्म एउटै व्यक्ति दोहिरहेका छन्। विधानमा पदावधिको निश्चित व्यवस्था नभएकाले उही व्यक्ति सोही पदमा दोहोरिरहन सहज भएको छ। २०६४ मा तत्कालीन अध्यक्ष रमेशकुमार शर्माले अध्यक्ष पद छोडेपछि थापा निरन्तर अध्यक्ष पदमा छन्। 

रेडक्रसमा पद ओगट्ने परम्परा स्थापनाकालदेखि हुँदै आएको छ। संस्थापक अध्यक्ष प्रिन्सेस शाहले २०२० भाद्र १९ देखि २०३९ जेठ ८ सम्म पदमा थिए। त्यसपछिका अध्यक्ष हेलेन शाहले २०३९ चैत २० देखि २०४७ मंसिर १६ सम्म अध्यक्षको पद सम्हालिन्। तेश्रो अध्यक्षका रुपमा आएका रमेशकुमार शर्माले २०४७ को मंसिर १९ देखि २०६४ बैशाख १४ सम्म पद छोडेनन्। संस्थापक शाहले लगातार १९ वर्ष सोहि पदमा रहेका थिए भने तेश्रो अध्यक्ष बनेका शर्मा १६ वर्ष अध्यक्षको पदमा बसे। शर्मा पछि आएका थापा हालसम्म निरन्तर छन्। नेपाल रेडक्रसको इतिहासमा अर्को अनौठो विषय बनेका छन्– महामन्त्री देबरत्न धाख्वा। २०४२ माघ २७ देखि महामन्त्री बनेका उनी हालसम्म सोहि पदमा आसिन छन्। 

उदयपुरबाट जिल्ला रेडक्रसको सभापति हुँदै केन्द्रिय पदाधिकारी बनेका थापा  २०५५ मा उपमहामन्त्री बनेका बनेका थिए। २०६० मा कोषाध्यक्ष बनेका थापा २०६४ मा अध्यक्षमा विजयी भएका थिए। हाल उनी तेश्रो कार्यकालमा छन्। कार्यकाल चार वर्ष हुने व्यवस्था छ।नेपाल रेडक्रसका जानकार भन्छन्,‘वर्षौ उहि पदमा दोहोरिनु आर्थिक भ्रष्टचारका लागि हो।’

विधानमा कार्यकालको पदावधि निश्चित नभएकाले पदमा दोहोरिहने अवस्था रहेको सञ्चार निर्देशक पौडलको भनाई छ। व्यक्तिका विषयमा प्रश्न उठेपनि संस्थालाई चलायमान हुनबाट रोक्न नहुने उनको बुझाई छ। उनले भने,‘विधान परिवर्तन गर्ने क्रममा कार्यकाल दोहोरिन नहुने विषयमा पनि छलफल भएको छ।’

भूकम्पपश्चात् दातृ निकायबाट प्राप्त अबौं रकममा पदाधिकारीले चलखेल गरेको आरोप लाग्दै आएको छ। सरकारको स्विकृतिविना विदेशी रकम भित्राउन पाउने संस्थामा दातृ निकायले भुकम्प पश्चात् ७ अर्ब बढी सहयोग गरेका थिए।

सम्बन्धित समाचार

  • काठमाडौं प्रशासनलाई रेडक्रसको अटेरी : अनियमतिताको छानबिन हुँदाहुँदै किन बोलाइयो साधारणसभा?

  • भ्रष्टाचार आरोपी रेडक्रसका थापाका पक्षमा सर्वोच्चको आदेश

  • नेपाल रेडक्रसमा बेथिति-२ : यसरी अवैधानिक बन्यो रेडक्रस

  • नेपाल रेडक्रसमा बेथितिको चाङ, विवाद बढेपछि साधारणसभा अनिश्चित

प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  ०५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार
जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव, क्षेत्रीय अन्तरिक्ष सहकार्यमा जोड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव, क्षेत्रीय अन्तरिक्ष सहकार्यमा जोड बुधबार, कात्तिक ११, २०८३
पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्