• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
नेपाल रेडक्रसमा बेथितिको चाङ, विवाद बढेपछि साधारणसभा अनिश्चित दाताको अर्बौं रकममा पदाधिकारीको हालिमुहाली
64x64
नेपाल लाइभ सोमबार, वैशाख ३०, २०७६  १७:१५
1140x725

काठमाडौं- परोपकारी संस्था भनिने नेपाल रेडक्रस सोसाइटीमा बढेको आर्थिक चलखेलका कारण उक्त संस्थाको भविष्य अनिश्चिततातर्फ मोडिएको छ। मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा, एकता र विश्वव्यापकता रेडक्रसका विश्वव्यापी मान्यता हुन्। तर, यसविपरीत रेडक्रमका कदमहरु परिचालित हुँदा संघप्रतिको विश्वास गुम्दै गएको हो।

रेडक्रस सोसाइटीको केन्द्रीय गोदाम घर निर्माणका लागि जग्गा खरिद, केन्द्रीय रक्तसञ्चार केन्द्रको नयाँ भवन निर्माण, विभिन्न जिल्लामा खानेपानी आयोजना/कार्यक्रमहरुमा व्यापक भ्रष्टाचार तथा अनियमितता भएपछि विभिन्न सरकारी निकायमा पटकपटक उजुरी परेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय समेतमा रेडक्रसमा भएको अनियमितताबारे अनुसन्धान गर्न भन्दै उजुरी परेका छन्।

रोकियो साधारणसभा
बैसाख २३ देखि २५ गतेसम्म सुनसरीको धरानमा रेडक्रसको साधारणभा र निर्वाचन मिति तय गरिएको थियो। तर, अन्तिम समयमा आएर जिल्ला प्रशासन कार्यालय काठमाडौंले पत्र काटी त्यसलाई रोकेको थियो।

उक्त जरुरी गोप्य पत्रमा 'वर्तमान केन्द्रीय कार्यसमितिकै कतिपय पदाधिकारीहरु विरुद्ध उजुरी, छानबिन तथा अनुसन्धान भइरहेको, विभिन्न निकायमा परेको उजुरीसमेत यस कार्यालयमा प्राप्त भएकाले साधारणसभा तथा निर्वाचन कार्यक्रम अर्को आदेश नभएसम्मका लागि स्थगित गर्न' भनिएको छ।

 

प्रधानमन्त्री कार्यालय, अख्तियार, गृह मन्त्रालय, परराष्ट्र र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई अवगतार्थ गरिएको उक्त पत्रमा रेडक्रस पदाधिकारीविरुद्ध उजुरी तथा छानबिन भइरहेको जनाइएको छ। साधारणसभा तथा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुन नसक्ने भन्दै साधारणसभा रोक्न सरकारी निकायहरुमा उजुरी परेको थियो। 

साधारणसभा तथा निर्वाचन रोकिएपछि मंगलबार र शुक्रबार रेडक्रसका अध्यक्ष सञ्जीव थापालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्पष्टीकरण सोधेको थियो।

'रेडक्रसमा भइरहेको अनियमिताबारे अख्तियार, परराष्ट्र, गृहमा समेत उजुरी परेको रहेछ,' सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले नेपाल लाइभसँग भने, 'हामीकहाँ पनि त्यसखाले उजुरी परेकाले छानबिन गर्नका लागि तत्कालका लागि निर्वाचन र साधारणसभा रोकेका हौं।' अनियमितता र भ्रष्टचारका विषयमा परेका उजुरीहरुमाथि अहिले छानबिन भइरहेको उनले बताए।
 
'रेडक्रसको अन्तराष्ट्रिय संस्था आएर पनि उसले आफ्नै तरिकाले छानबिन गरिरहेको सुनेका छौं,' उनले भने, 'हामीले पनि संस्थाका पदाधिकारीसँग स्पष्टीकरण सोध्नेदेखि अन्य तरिकाले पनि छानबिन गरिरहेका छौं।' 

पदलोलुपताको पराकाष्ठा
वर्षौंदेखि पदाधिकारीमा आसीन व्यक्तिहरु सोही पदमा दोहोरिरहँदा रेडक्रस भ्रष्टाचारको दलदलमा फसेको छ। परोपकारी संस्थाको मुख्य पद अख्तियारले भ्रष्टाचारी ठहर गरेका व्यक्तिहरुले सम्हालिरहेका छन्। 

तत्कालीन रेडक्रसका सभापति रमेशकुमार शर्मा, महामन्त्री देवरत्न धाख्वा र कोषाध्यक्ष सञ्जीव थापा (हाल सभापति) ले रेडक्रसको सम्पत्ति हिनामिना गरेको भन्दै २०६१ फागुन १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी ठहर गरेको थियो। अख्तियारले तीनैजनाबाट १९ लाख १७ हजार ५ सय रुपैयाँ असुल उपर गरी कारबाही गर्न निर्देशन दिएको थियो। शर्माले २० वर्ष निरन्तर पद ओगटेर ०६४ पछि छोडेका थिए। 

०४२ माघबाट महामन्त्रीको पद धारण गरेका धाख्वा हालसम्म निरन्तर सोही पदमा छन्। वर्तमान सभापति सञ्जीव थापा पनि १२ वर्षदेखि नेतृत्वमा छन्। त्यसअघि उनी कोषाध्यक्ष थिए। 

नेपाल रेडक्रसको विधानमा निश्चित कार्यावधि सकिएपछि पुन: उम्मेवार हुन नपाउने व्यवस्था गरेको छैन। अनुकूल विधानको सहयोगले एकै व्यक्तिले वर्षौं सोही पद दोहोर्‍याइरहेका छन्। 

रेडक्रसलाई बेथितिको बाटोमा हिँडाउने कार्य मुख्यतः २०५६ सालबाट भएको हो।

झापामा भएको केन्द्रीय महाधिवेशनमा अध्यक्षका प्रत्यासीमा रमेशकुमार शर्मा र प्राध्यापक विष्णु केसर मास्के थिए। दुवैले बराबर प्राप्त गरे। शर्माको प्रभावमा परेका तत्कालीन झापाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद खतिवडाले मास्केको पक्षमा आएको एक मत बदर गराइदिए। पुनः शर्मा सोही पदमा दोहोरिए। शर्माले संस्थामा यसरी एकछत्र राज जमाउन थाले।

लगातार झन्डै दुई दशक सभापतिमा रहेका शर्माले ०६४ मा पद छोडे। भ्रष्टाचारी ठहर कोषाध्यक्ष थापा मुख्य नेतृत्वमा आए। कांग्रेस उपसभापति विमलेन्द्र निधि नजिकका थापाले नेपाल रेडक्रसलाई थप ‘तहसनहस’ बनाए।

भ्रष्टचारी ठहर भएका पदाधिकारीहरुमाथि थप कारबाही गरिएन। उनीहरु पुन: पद दोहोर्‍याउँदै बसिरहे।

रेडक्रसकै एक कर्मचारी राजनीति हाबी हुनाले संस्थाभित्र बेथिति बढेको बताउँछन्। ‘नेपाल रेडक्रसलाई रेडक्रस हुनै दिइएन। नेपाल रेडक्रसलाई कांग्रेस वा कम्युनिस्टको संगठनका रुपमा अघि बढाइयो,' उनले भने, 'राजनीतिक हस्तक्षेप नहटे नेपाल रेडक्रस अझै खस्किन्छ।’

सहयोग रकमको चरम दुरुपयोग
रेडक्रसका लागि विदेशस्थित रेडक्रस संस्थाले अर्बौंको आर्थिक सहयोग गर्दै आएका छन्। भूकम्पपश्चात् मात्रै रेडक्रसले ७ अर्ब रकम भित्र्याएको थियो। 

रेडक्रस मात्रै यस्तो संस्था हो, जसले सरकारको स्विकृतिबिना विदेशबाट रकम भित्र्याउन पाउँछ। 

अर्बौंको पुँजी रहेको संस्थामा खर्चको पारदर्शिता नभएको रेडक्रसमा आबद्ध  एक कर्मचारीले बताए। उनले भने, ‘आर्थिक चलखेलका लागि अध्यक्षको ध्यान खरिद-बिक्री र निर्माण कार्यमा छ।’ 

०७२ को भूकम्पपछि जग्गा खरिद प्रकरणले रेडक्रसको भ्रष्टचार थप सतहमा आएको छ। 

२०७३ भदौमा विज्ञापन निकालेर रेडक्रसले जग्गाको खोजी गरेको थियो। गोदामघर निर्माणका लागि भक्तपुरको जग्गा खरिदमै आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी पर्‍यो, ०७३ चैतमा। आर्थिक चलखेलका लागि आफू अनुकूलको प्रस्तावक खडा गरी विज्ञापन निकाली खरिद गरिएको उक्त उजुरीमा उल्लेख छ। 

आफूकहाँ आएको उजुरीलाई अख्तियारले काठमाडौंका प्रमुख जिल्ला अधिकारीकहाँ पठाएको थियो। जिल्ला प्रशासन काठमाडौंले अख्तियारको पठाएको आधारमा थप सोधखोज गरेको थियो। खरिदको प्रक्रियामा भएको अनियमतिता ढाकछोप गर्नका लागि पदाधिकारीले कागजात सच्याएर नक्कली पठाए। आवश्यक कागजात उपलब्ध नगराएसँगै रेडक्रसको कागजात प्रशासनले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ।

भूकम्पले त्यसबेला केन्द्रीय रक्तसञ्चार केन्द्रको भवन पनि क्षतिग्रस्त भएको थियो। थाइल्यान्डस्थित रेडक्रसले रक्तसञ्चार भवन बनाउन ४० करोड दियो। उक्त रकममा पनि पदाधिकारीको आँखा परेकाले हालसम्म भवन बन्न नसकेको बताइएको छ। भूकम्पपछि विस्थापित रक्तसञ्चार भवन ललितपुरस्थित बालकुमारीको टहरोको सरेको थियो। हाल अस्थायी रुपमा केन्द्रीय कार्यालय ताहाचलमै सञ्चालनमा छ।

विदेशस्थित रेडक्रस संस्थाहरुले नेपाल रेडक्रसलाई उपलब्ध गराएको सहायता रकम दुरुपयोग भएको समाचार प्रकाशित भएसँगै रेडक्रसको अन्तराष्ट्रिय संस्था (आइएफआरसी) को टोलीले भरखरै मात्र गोप्य रुपमा छानबिन गरी फर्केको स्रोत बताउँछ।

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्