काठमाडौं– कर्तव्य ज्यान र मानव बेचबिखन मुद्दामा फरार रहेका दुई मोष्ट वान्टेड अभियुक्त सिन्धुपाल्चोकमा पक्राउ परेका छन्
।
कर्तब्य ज्यान मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट १ बर्ष ११ महिना ९ दिन कैद र ५ सय रुपैयाँ जरिवाना फैसला भई फरार रहेका जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ५ बस्ने ३६ को बिल बहादुर भन्ने कृष्ण बहादुर सार्कीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको टोलीले उनलाई पत्राmउ गरी जेल चलान गरेको हो।
त्यस्तै मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार रहेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ३५ को टासी कामी तामाङ भन्ने पाल्देन तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक तथा ईलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकबाट खटिएको टोलीले उनलाई पक्राउ गरी केन्द्रिय अनुसन्धान ब्युरोलाई बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।