रुपन्देही -सामान्य घरायसी विवादमा एक युवकले ईट्टाले हानेर बाबुको हत्या गरेका छन्।
रुपन्देहीको ओमसतिया गाउँपालिका–३ तरकुल्ला बस्ने २७ बर्षीय सम्शेर बहादुर थापाले बाबुको हत्या गरेका हुन्। उनलाई प्रहरीले पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरेका थापाले बिहीबार सामान्य झगडामा ५० बर्षीय बाबु जगतबहादुर थापालाई ईट्टा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएके छ। घटनाको मुख्य कारण मदिरा सेवन देखिएको प्रहरीले जनाएक्को छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।