विराटनगर- करोडौं हुण्डीको कारोवार गरेको आरोपमा बिराटनगर महानगरपालिका–११ बस्ने २४ बर्षीय निरन्जन कुमार साह सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार ३६ लाख १८ हजार २ सय ५० रुपैयाँ र भारतीय एयरटेल कम्पनीको सिम कार्ड १ थान र डायरी लगायतका कागजात सहित उनीहरुलाई पक्राउ गरेको हो। विभिन्न व्यवसायको आवरणमा उनीहरुले भारतमा करोडौंको हुन्डी कारोबार गर्दै आएका थिए ।
उनीहरुलाई आवश्यक अनुसन्धानको लागि सम्पति सुद्धिकरण अनुसन्धान बिभाग पुलचोक ललितपुरमा पठाइएको प्रहरीलृे जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।