भक्तपुर– भक्तपुरका काष्ठ उद्योगबाट नाटकीय शैलीमा काठ चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थिमिको एक टोलीले विभिन्न स्थानमा काठ चोर्दै हिँड्न समूहलाई काठसहित पक्राउ गरेको हो।
उनीहरुले गाडी नै लिएर गई काठ चोरी गर्दै आएका थिए।
उनीहरुले गत पुस २२ गते सूर्य्वनायक नगरपालिका–४, हर्षचोकमा जलहरि शिवाकोटीले सञ्चालन गरेको न्यू सार्थक काष्ठ उद्योगबाट ६८ थान काठ चोरी गरी भाग्दै गरेको बा६च १५४८ नंको डिआई पिकअप भ्यानका साथ सो भ्यानका चालक मकवानपुर थाहा नगरपालिका–२ बस्ने २५ वर्षीय सोनम दोङ र समूहका थप छ जनालाई स्थानीय बालाजु पैयुँटार र टोखाबाट पक्राउ गरिएको हो ।
राती राती उद्योगमा गएर उनीहरुले किनेको भन्दै काठ चोरी गर्दै आएका थिए।
पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का २२ वर्षीय सुमन स्याङ्ताङ, नुवाकोट ककनी–५ घर भएका बालाजु पैयुँटारस्थित सम्राट् फर्निचरका सञ्चालक ४८ वर्षीय श्याम गुरुङ, नुवाकोट ककनी–५ का हरिबहादुर लामा, नुवाकोट शिवपुरी–८ का ३८ वर्षीय राजकुमार भनिने श्यामबहादुर तामाङ, थाहा नगरपालिका–५ का १९ वर्षीय सानु भनिने सना मोक्तान र सोमलाल बल रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।
प्रहरीले सो समूहका साथबाट विभिन्न स्थानबाट चोरी गरिएको करिब रु १३ लाखको ३ सय ९३ काठ, झ्याल ११ र ढोका चार थान बरामद गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।