मकाउ– ‘मकाउमा रहेका सबै नेपालीको हितका लागि काम गर्ने प्रतिवद्धतासहित मैले गैरआवासीय नेपाली संघ, मकाउको नेतृत्व लिने सोचेको छु’, समाजसेवामा सक्रिय पूर्णबहादुर गुरुङले भने, ‘मेरो उम्मेद्वारीको अर्थ छ भन्ने मलाई लाग्छ। र, यो अर्थलाई विश्वासमा बदलिदिनुहुन आग्रह गर्दछु।’
लामो समयदेखि मकाउमा बस्दै आएका गुरुङले एनआरएनएको रुपान्तरण र संस्थागत विकासमा लाग्ने भन्दै ९ बुँदे एजेन्डासहितको घोषणापत्र पनि सार्वजनिक गरेका छन्। उनले तयार पारेको घोषणापत्रले एनआरएनएको रुपान्तरण र मकाउका नेपालीको हिताय फेहरिस्त दर्शाउँछ।
राष्ट्रिय समन्वय परिषद् (एनआरएनए मकाउ)को अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका पूर्णबहादुर गुरुङले भने, ‘मकाउमा नेपालीका समस्या समाधानका लागि दीर्घकालिन योजनाहरु पनि त्यत्तिकै जरुरी छन्। अल्पकालिन योजनाहरु जुन अति अपरिहार्य छन्, तिनलाई प्राथमिकता राखेको छु।’ मकाउस्थित दूतावास र सम्पूर्ण नेपाली तथा विदेशी संघ संस्थासँग सहकार्य र कार्यगत एकतासहित अघि बढ्ने उनको दाबी छ।
गुरुङ सन् २००७ मा एनआरएनए मकाउको संस्थापक सचिव थिए। २०१५ मा कोषाध्यक्ष भएका उनी मकाउ एनआरएनएका बर्तमान महासचिव समेत हुन्। एनआरएनए मकाउमा मात्रै नभई विभिन्न सामाजिक संस्थामा समेत आबद्ध गुरुङले आगामी दिनमा पनि आफूले सके र जानेजति समाजसेवामा लाग्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।