काठमाडौं- मिनी क्यासिनो शैलीमा जुवा खेलाइने ललितपुरको एक घरमा छापा हानी प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त जावलाखेलले लुभुस्थित शिवकुमार राईको घरमा छापा हानी कौडा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको हो। उनीहरुबाट ४ लाख ६४ हजार रुपैयाँ बरामद भएको डिएसपी विनोद सिलवालले बताए।
सो घरमा नियमित रुपमा जुवा खेलाइने सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो। पक्राउ परेकाहरु पेशेवर जुवाडे भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।