नेपालगन्ज- भाइबर र ह्वाट्सएममा म्यासेज तथा कल गरी चिट्ठामा २५ लाख र कार परेको भन्दै ठगी गर्ने थप ३ जना पक्राउ परेका छन्।
चिठ्ठा र कारको प्रलोभन देखाएर ठगी गर्ने दैलेख नारायण नगरपालिका २ का २४ पर्षीय कुमार सुनार, दुल्लु नगरपालिका ११ का २० वर्षीय मिलनकुमार विक र महाबु गाउँपालिका ३ कि १९ की करिष्मा सुनार पक्राउ परेका छन्।
१ लाख १८ हजार नगदसहित पक्राउ गरिएका उनीहरुमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रण बहादुर बिष्टले बताए।
पक्राउ परेका अभियुक्तहरुले एक हप्ताअघि बर्दियाको बढैयाताल गाउँपालिका १ का खिमबहादुर सुनार लाई २५ लाखको चिठ्ठाको परेको भनी १ लाख ८५ हजार लिई ठगी गरेका थिए।
यसअघि माघ ६ गते बाँके प्रहरीले भारत लखनउका अब्बु सैयफ खान, नेपालगन्ज ५ का अकिव इद्रिसी तथा अमिरबाबु कसगर, नेपालगन्ज ६ का मोहम्मद फाहाद हलुवाईलाई पक्राउ गरेको थियो। उनीहरुले मुगु घर भई काठमाडौं बस्दै आएकी सुमन सुनार तथा कपिलवस्तु वाणगंगाका गणेश घिमिरेबाट ५ लाख १० हजार लिई ठगी गरेका थिए।
ठगी गिरोहका मुख्य मानिस पाकिस्तानमा रहेको र उनले भारत र नेपालमा नेटवर्क बनाएर ठगी गर्दै आएको अनुसन्धानमा देखिएको प्रहरी निरीक्षक बिष्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।