झापा– एक युवतीलाई चियाबगानमा नांगो बनाएर भिडियो खिची ब्लाकमेल गर्ने युवाहरु जेल चलान भएका छन्।
अभियुक्तहरु विजयबहादुर मगर, नविन डाँगी र सहिर चाहारलाई बुधबार जिल्ला अदालत झापाले जेल चलानको आदेश दिएको इप्रका बिर्तामोडका डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए।
गत पुस १३ गते उनीहरुले अर्जुनधाराको बन्धु चिया बगानमा युवतीलाई खुकुरी देखाई नियन्त्रणमा लिएर कपडा खोल्न लगाई भिडियो खिचेका थिए। उक्त भिडियो फेसबुकमा हालिदिने भन्दै उनीहरुले ब्लाकमेलिङ गरेका थिए।
चियाबगानभित्र लगेर बलात्कार प्रयास समेत गरेका थिए। प्रहरीले जर्बजस्तीकरणी उद्योग मुद्दा समेत प्रहरीले चलाएको थियो।
प्रहरीका अनुसार युवती मितभाईसँग मोटरसाकलमा घर फर्कदै थिइन्। उनीहरुका छोटो पर्ने भएकाले चियाबगानको बाटो आएका थिए। बाटोमा कुरेर बसेका उनीहरुले खुकरी देखाई मारिदिने धम्काएर दुवै जनाको नांगो फोटो र भिडियो लिएका थिए।
त्यसपछि उनीहरुको धनमाल लुटेर ब्लाकमेलिङ गरेका थिए। स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि उनीहरु समातिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।