धनगढी- कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउदको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ।
बुधबार बिहान २ बजेतिर घरको कम्पाउन्डभित्र बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता वीरबहादुर बुढा मगरले जानकारी दिए।
'राति ठूलो आवाज आए पनि उक्त समयमा पानी परिरहेकाले चट्याङ परेको भनेर खासै वास्ता गरिएन,' नगर प्रमुख साउदले भने, 'बिहान उठेर हेर्दा बम नै विस्फोट गराइएको थाहा भयो।'
विस्फोटबाट घरपछाडिको पर्खाल भत्किएको पनि अन्य क्षति भएन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता मगरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।